शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोहम्मद बिन सलमानद्वारा रियादमा सबैभन्दा ठूलो विमानस्थल बनाउने घोषणा, कतिजनाले यात्रा गर्नेछन् ?

मङ्गलबार, १३ मङ्सिर २०७९, १२ : ४३
मङ्गलबार, १३ मङ्सिर २०७९

साउदी अरबका युवराज मोहम्मद बिन सलमानले रियाद विमानस्थललाई एउटा ठूलो एभिएसन हबमा परिवर्तन गर्ने घोषणा गरेका छन् । त्यसपछि विमानस्थलबाट १२ करोड यात्रीले यात्रा गर्न सक्नेछन् ।

साउदी अरबको सरकारी प्रेस एजेन्सी एसपीएका अनुसार सन् २०३० सम्म विमानस्थललाई कायापलट गर्ने काम पूरा हुनेछ । यो अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि साउदी अरबको सावरिन वेल्थ फन्ड (पब्लिक इनभेस्टमेन्ट फन्ड अर्थात् पिआइएइफ) लाई जिम्मेवारी दिइएको छ ।

यद्यपि, यो विमानस्थल बनाउन कति लागत लाग्नेछ भन्ने जानकारी दिइएको छैन ।

यो विमानस्थग ५७ वर्गकिलोमिटर अर्थात् ५७०० हेक्टरको इलाकामा बन्नेछ । यसमा वर्तमान किङ खालिद विमानस्थललाई पनि समावेश गरिनेछ ।

सन् २०३० सम्म ट्रान्सपोर्टेशन र लजिस्टिक हब बनाउनका लागि एभिएसन सरकारी रणनीतिको एक महत्वपूर्ण हिस्सा हो । रियाद विमानस्थललाई नयाँ एयरलाइन आरआइएको सञ्चालनको केन्द्र बनाइनेछ ।

वास्तवमा, साउदी अरबले अब आफ्नो अर्थतन्त्रको तेलमा निर्भरता कम गर्न आफ्नो भिजन २०३० मा अर्बौँ–खर्बौँ डलर लगानी गरिरहेको छ । यो भिजनको सुरुवात प्रिन्स मोहम्मदले नै गरेका हुन् ।

एसपीएले भनेको छ, ‘विमानस्थलको प्रोजेक्ट रियादलाई सन् २०३० सम्म विश्वको शीर्ष १० ठूलो अर्थव्यवस्था भएको शहरमा समावेश गर्ने रणनीतिको हिस्सा हो ।’ यहाँबाट २५० स्थानका लागि अन्तर्राष्ट्रिय उडानको आवतजावतको पनि लक्ष्य छ ।

राजा सलमानले विमानस्थलबाट करिब एक लाख तीन हजार व्यक्तिले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने दाबी गरिरहेका छन् । सन् २०५० सम्म यो विमानस्थलबाट १८.५ करोड यात्रीले यात्रा गर्ने र ३५ लाख टन कार्गो प्रोसेस गर्ने लक्ष्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप