बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा रघुवीर–जुली दम्पती नै निर्वाचित

मङ्गलबार, १३ मङ्सिर २०७९, १२ : ०३
मङ्गलबार, १३ मङ्सिर २०७९

मंसिर ४ को निर्वाचनमा एमालेका शीर्ष नेताले पराजय भोग्नुपर्दा धनुषा जिल्लामा भने एमालेका दम्पती उम्मेदवार नै निर्वाचित भएका छन् । 

नेकपा एमालेका केन्द्रीय सचिव समेत रहेका रघुवीर महासेठ धनुषा–४ उनकी पत्नी पोलिटब्युरो सदस्य समेत रहेकी जुली महतो धनुषा–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् । जुलीले ३३ हजार ३८८ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी झाले २३ हजार ६६८ मतमात्र पाएका छन् । 

धनुषा ३ मा जुली लोसपाका नेता अनिल झालाई पराजित गर्दै निर्वाचित भएकी हुन् भने ४ बाट रघुवीर कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतको झिनो अन्तरले हराउन सफल भएका हुन् । यादवले ३२ हजार ११२ मत ल्याउँदा महासेठले ३२ हजार २३६ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप