चुनावी समीक्षाका लागि एकीकृत सामाजवादीले बोलायो सचिवालय बैठक
मङ्गलबार, १३ मङ्सिर २०७९, १० : ५७
चुनावी समीक्षाका लागि नेकपा एकीकृत सामाजवादीले सचिवालय बैठक बोलाएको छ ।
दिउँसो १२ बजेपछि बस्नेगरी बैठक बोलाएको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार चुनावपछिको प्रारम्भिक समीक्षाका लागि बैठक बोलाइएको हो । ‘चुनावको समीक्षा र पार्टीको भावी कार्यक्रम लगा यतमा सामान्य छलफल सुरु हुन्छ’, पाण्डेको भनाइ छ ।
गठबन्धन गरेर निर्वाचन लडेको सो पार्टीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १० सिट जितेपनि थ्रेसहोल्ड कटाउन मुस्किल हुने देखिएको छ । साथै यसअघि चुनाव जित्ने निश्चित भएका भनिएका नेताहरु समेत पराजित बन्न पुगेका छन् । रामकुमारी झाँक्री, सोमप्रसाद पाण्डे, जगन्नाथ खतिवडा लगायतका नेताहरु पराजित भएकाले गठबन्धन इमान्दार नभएको कतिपय नेताहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन: डा. आरजु राणा
-
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-
पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री दिने चार कम्पनीमाथि अमेरिकाको कारबाही
-
विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला
-
युक्रेनलाई थप राहत प्याकेज दिँदै अमेरिका
-
पोखरीमा डुबेर बालिकाको मृत्यु