मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एलन मस्कले एप्पलविरुद्ध खोले मोर्चा, टिम कुकुलाई सोधे प्रश्न

मङ्गलबार, १३ मङ्सिर २०७९, १० : ५७
मङ्गलबार, १३ मङ्सिर २०७९

ट्विटरका मालिक एलन मस्कले सोमबार एप्पलविरुद्ध मोर्चा खोल्खै एप्पलले आफ्नो एप स्टोरबाट ट्विटर हटाउने धम्की दिइरहेको दाबी गरेका छन् ।

मस्कले श्रृङ्खलाबद्ध ट्वीट गर्दै एप्पलमाथि आरोप लगाएका छन् । उनले लेखे, ‘एप्पलले आफ्नो एप स्टोरमा ट्विटरलाई रोक्ने धम्की दिएका छन् तर हामीलाई यसो गर्नुको कारणबारे भने जानकारी दिइएन ।’

यसअघि उनले एप्पलले ट्विटरमा आफ्नो अधिकांश विज्ञापन बन्द गरेको पनि लेखेका छन् । यसबारे उनले प्रश्न सोधेका थिए, ‘के उनीहरुले अमेरिकामा वाक् स्वतन्त्रतालाई घृणा गर्छन् ?’

मस्कले एक पोलमा प्रश्न पनि सोधेका छन् जस अनुसार एप्पलले ती सबै सेन्सरसिप एक्सनको जानकारी सार्वजनिक गर्नुपर्ने बताइएको छ जसले ग्राहकमाथि असर पारेको छ ।

उनले एप्पलका सिइओ टिम कुकलाई ट्याग गर्दै सोधे, ‘यो के चलिरहेको छ ?’

मस्कले एप्पलले आफ्नो स्टोरबारे किनिएका हरेक चिजमा गोप्य रुपमा ३० प्रतिशत कर लगाउने पनि बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप