शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कलंकी-नागढुंगा सडक विस्तारलगायत ५ वटा ठेक्का तोड्ने चेतावनी

मङ्गलबार, १३ मङ्सिर २०७९, १० : २४
मङ्गलबार, १३ मङ्सिर २०७९

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले काठमाडौं उपत्यकाका पाँच अलपत्र ठेक्का तोड्ने चेतावनी दिएको छ । कलंकी-नागढुंगा सडक विस्तार, चाबहिल-जोरपाटी-संखु सडक विस्तारअन्तर्गतका ३ ठेक्का र नख्खु खोला-भैसेपाटी-बुंगमती सडक विस्तारको ठेक्का लिने ठेकेदारहरूलाई चेतावनी दिइएको हो । 

पाँच ठेकेदार कम्पनीले सबै ठेक्का लिएर अलपत्र छोडेका छन् । उनीहरूलाई सात दिनभित्र कार्यालय उपस्थित हुन अल्टिमेटम दिइएको छ । कलंकी-नागढुंगा सडक विस्तारमा शर्मा-शैलुङ-कान्छाराम जेभीले ठेक्का लिएको छ । 

चाबहिल-जोरपाटी-संखु सडक विस्तारको एउटा ठेक्का युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स प्राली, दोस्रोमा बज्रगुरु-छ्यांमिला-खानी जेभी र तेस्रो बज्रगुरु-बिरुवा-खानी जेभीले लिएका छन् । नख्खु खोला-भैसेपाटी-बुंगमती सडकको ठेक्का आशिष-बिरुवा-सिएम जेभीले लिए ।    

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप