विवेकशील साझासहित यी १२ पार्टी, जसले समानुपातिकमा ५ हजार पनि पाएनन्
मङ्गलबार, १३ मङ्सिर २०७९, १० : १७

समानुपातिककको जारी मतगणनामा विभिन्न १२ पार्टीले ५ हजार मत पनि कटाउन सकेका छैनन् । मतगणना अन्तिमतिर पुग्दै गर्दा विवेकशील साझा पार्टीसहितका १२ दलले प्रतिनिधिसभाको समानुपातिकमा ५ हजार मत कटाउन नसकेका हुन् ।
जसअनुसार पिछडावर्ग निषाद दलित जनजाती पार्टीले ४ हजार ३६, विवेकशील साझाले ३ हजार ८२४, नेकपा माओवादी समाजवादीले ३ हजार ५२७, एकीकृत शक्ति नेपालले ३ हजार २२७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ले ३ हजार ९५, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले ३ हजार ९०, मौलिक जरोकिलो पार्टीले ३ हजार २८, जमलोपाले २ हजार ९३१, नेपाल समावेशी पार्टीले २ हजार ५१४, नेकपा परिवर्तनले १ हजार ९८२, नेश्नलिस्ट पिपल्स पार्टीले १ हजार ८९७ र राष्ट्रिय नागरिक पार्टीले सबैभन्दा कम १ हजार ८४१ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’