हालसम्म कुन–कुन टोली नकआउट चरणमा पुगे ?

विश्वकप फुटबलमा आजदेखि समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । हालसम्म साबिक विजेता फ्रान्ससँगै ब्राजिल र पोर्चुगलले नकआउट चरणमा आफ्नो स्थान बनाएका छन् ।
शनिबार डेनमार्कलाई हराउँदै फ्रान्स अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको थियो । ४८ घण्टापछि ब्राजिल र पोर्चुगलले पनि आ–आफ्नो खेलमा जीत हासिल गर्दै नकआउट चरणमा प्रवेश गरेको छ । अब अन्तिम चरणका खेलहरूले बाँकी १३ टोलीको टुङ्गो लगाउने छ ।
आयोजक कतार मात्र दुई खेलपछि प्रतियोगिताबाट बाहिरिइसकेको छ । त्यस्तै, समूह एफबाट क्रोएसियासँग पराजित हुँदै क्यानडा पनि प्रतियोगिताबाट बाहिरिइसकेको छ ।
आज पनि विश्वकपमा ४ खेलहरू हुँदैछन् । जसमा समूह ’ए’ र समूह ’बी’ का दुई÷दुई खेलहरू हुनेछन् । पहिलो दुई खेलमा समूह ’ए’ मा रहेका इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ । दोस्रो दुई खेलमा समूह ‘बी’ मा रहेका इरान र अमेरिका तथा वेल्स र इंग्ल्यान्डबीच खेल हुँदैछ । दुवै खेल नेपाली समयअनुसार राति १२ः४५ मा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त