चीनमा कोभिड प्रतिबन्ध विरुद्धको प्रदर्शनमा प्रहरी दमन
चीनमा सप्ताहन्तमा सुरु भएको कोभिड प्रतिबन्धविरुद्धको विरोध प्रदर्शनमा प्रहरीले ठूलो बल प्रयोग गरेको छ । प्रहरी दमनसँगै प्रदर्शन न्युन देखिएका छन् । चिनियाँ शहरहरूमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सांघाईको मुख्यसडकमा ठूला अवरोधहरू अझै पनि छन् र प्रहरीले धेरै प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ ।
प्रहरीले मानिसहरूलाई विरोध प्रदर्शनको फोटो खिच्न र तिनीहरूको डिभाइसबाट फोटोहरू मेटाउन भनेका छन् । बिहीबार पश्चिमी चीनको उरुम्चीमा रहेको एक अग्लो ब्लकमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि राष्ट्रव्यापी विरोध प्रदर्शन बढेको छ ।
कोविड प्रतिबन्धका कारण बासिन्दाहरू आगोबाट बच्न सकेनन् भन्ने विश्वास गरिएको छ । तर, स्थानीय अधिकारीहरूले यसलाई अस्वीकार गरेका छन् ।
बीबीसीका एक पत्रकारलाई आइतबार सांघाईमा भएको विरोध प्रदर्शनको कभर गर्ने क्रममा पक्राउ गरिएको थियो । एड लरेन्सलाई उनको गिरफ्तारीको क्रममा पुलिसले कुटपिट गरेको थियो । रिहा हुनुअघि धेरै घण्टासम्म राखेको थियो । बेलायतका विदेशमन्त्री जेम्स क्लिभरलीले गिरफ्तारीको विरोध गरेका छन् । गिरफ्तार चिन्ताजनक भएको उनले ट्वीट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि