शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेकी भगवती जितको नजिक, विजयको संसद यात्रामा ब्रेक

मङ्गलबार, १३ मङ्सिर २०७९, ०७ : ५५
मङ्गलबार, १३ मङ्सिर २०७९

प्रदेश १ को सुनसरी ३ नम्बर क्षेत्रमा १० हजार ६ सय ३४ मत गन्न बाँकी हुँदा ६ हजार ३३५ मतले नेकपा एमाले नेतृ भगवती चौधरी अगाडि छिन् । यो अग्रतासँगै चौधरी जितको नजिक रहेकी छिन्।

प्रतिनिधिसभा निर्वाचन मतगणना जारी रहेको सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीले ३६ हजार ९३६ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतीद्वन्दी कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले ३० हजार ६०१ मत प्राप्त गरेका छन् ।

आज बिहान ६ बजे सम्मको पछिल्लो गणनामा चौधरीले काँग्रेसका विजयकुमार गच्छदारलाई ६ हजार ३३५ मतान्तरले पछि पारेकी छन् । योसँगै यसअघि लगातार ६ पटक निर्वाचित भएका गच्छदारको संसद यात्रामा ब्रेक लाग्ने निश्चित भएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६२६९ मत पाएका छन् ।

अब बर्जु गाउँपालिकाको ४, ५ र ६ नम्बर वडाको १० हजार ६ सय ३४ मत मतगणना गर्न बाँकी रहेको छ । सुनसरी ३ (२) प्रदेश सभामा समेत नेकपा एमालेका उम्मेदवार रामदेव यादव नेपाली कांग्रेसका उम्मेदवार बिन्देश्वर यादव भन्दा ८ सय १४ मतले अगाडि छन् ।

सुनसरी ३ प्रदेश सभा (२)तर्फ बर्जु गाउँपालिकाको ५ र ६ नम्बर वडाको ७  हजार ६ सय ६६ मत मतगणना बाँकी रहेको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप