शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मंकिपक्सको नाम अब एमपक्स : विश्व स्वास्थ्य संगठन

सोमबार, १२ मङ्सिर २०७९, २१ : ५९
सोमबार, १२ मङ्सिर २०७९

विश्व स्वास्थ्य संगठनले मंकीपक्सको नाम बदलेर एम्पक्स राखेको छ। भाइरसको नामलाई लिएर धेरै गुनासो आएको संस्थाले जनाएको छ । उजुरीकर्ताहरूले यसलाई नश्लीय भनेका छन्।

विश्व स्वास्थ्य संगठनले आगामी एक वर्षसम्म यो भाइरसलाई दुवै नामले चिनिने बताएको छ । विज्ञहरू, आम जनता र धेरै देशका प्रतिनिधिहरूसँग परामर्श गरेपछि संगठनले यो भाइरसलाई एमप्कस नाम दिएको जानकारी दिएको छ। 

मानिसमा मंकिपक्स सन् १९७० मा पहिचान गरिएको थियो र यो भाइरस बाँदरमा पहिलो पटक फेला परेको हुनाले यसलाई मंकिपक्स नाम दिइएको थियो। यो वर्ष अफ्रिका बाहिरका धेरै देशमा पनि यो भाइरस भेटिएको छ । युरोप, क्यानडा, अष्ट्रेलिया र अमेरिका लगायतका करिब २९ देशमा यो भाइरसको प्रकोप देखिएको थियो र त्यसैले संक्रमितलाई बचाउन भ्याक्सिनको माग धेरै छ । जुलाईमा विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप