बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा सर्लाहीका चार नयाँ र चार पुराना प्रतिनिधि

सोमबार, १२ मङ्सिर २०७९, २१ : ४६
सोमबार, १२ मङ्सिर २०७९

सर्लाहीबाट मधेस प्रदेशसभामा यस पटक केही पुराना र केही नयाँ उम्मेदवार निर्वाचित हुनुभएको छ । जिल्लाबाट मधेस प्रदेश सरकारमा फरक दल, समुदाय, उमेर र वर्गको प्रतिनिधित्व देखिने भएको छ ।

 प्रदेशसभामा प्रत्यक्ष निर्वाचित आठसहित मधेस प्रदेशका आठवटै जिल्लाबाट ६४ र समानुपातिक ४३ गरी जम्मा एक सय सातजना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । विसं २०७४ मा भएको निर्वाचनमा निर्वाचित केही प्रदेशसभा सदस्यहरू यस पटक पनि पुनः दोहोरिनुभएको छ भने पहिलो अनुभव लिनेको सङ्ख्या पनि उल्लेख्य छ ।

मधेस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह, प्रदेशसभा सदस्य उपेन्द्र महतो, बेची लुङ्गेली र सञ्जय यादव यस पटक प्रदेशसभामा दोहोरिएका छन् भने जङ्गीलाल राय, कौशल किशोर राय, फकिरा महतो र जवाहरलाल कुशवाह यसपटक नयाँ निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य रामप्रकाश चौधरी नयाँ निर्वाचित भएका हुन् भने प्रदेशसभा  सदस्यमा क्षेत्र नं २ (१) बाट जङ्गीलाल र २ बाट कौशलकिशोर, क्षेत्र नं ३ को प्रदेशसभा (१) बाट जवाहरलाल कुशवाह र क्षेत्र नं ४ को प्रदेशसभा २ बाट फकिरा महतो नयाँ अनुहार निर्वाचित भएका थिए ।

क्षेत्र नं १ को (१) बाट लोकतान्त्रिक समाजपवादी पार्टी (लोसपा) का उपेन्द्र, २ बाट नेकपा (एकीकृत समाजवादी) पार्टीबाट बेची, क्षेत्र नं ३ (२) बाट जनता समाजवादी पार्टी (जसपा)का सञ्जयकुमार र क्षेत्र नं ४ (१) बाट नेपाली कांग्रेसका वीरेन्द्रप्रसाद प्रदेशसभामा पुनः निर्वाचित भएका  जिल्ला निर्वाचन कार्यालय सर्लाहीका कार्यालय प्रमुख निर्मल पोख्रेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप