शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकपमा पहिलोपटक एकै खेलमा घानाको ३ गोल, दक्षिण कोरिया पराजित

सोमबार, १२ मङ्सिर २०७९, २१ : ०५
सोमबार, १२ मङ्सिर २०७९

घानाले दक्षिण कोरियालाई हराउँदै नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । सोमबार साँझ भएको खेलमा घाना ३–२ गोलले विजयी बनेको हो ।

खेलको पहिलो हाफमा नै घानाले २–० अग्रता बनाएको थियो । घानाका लागि मोहम्मद सालिसु र मोहमद कुडुसले १० मिनेटको अन्तरमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा चो गुई सुङको दुई गोलको मद्दतले दक्षिण कोरिया खेलमा फर्कने प्रयास गरेको थियो ।

यद्यपि, ६८ औँ मिनेटमा कुडुले गोल गर्दै घानाको जीत सुनिश्चित गरे । विश्वकपमा एकै खेलमा घानाले तीन गोल गरेको यो पहिलो अवसर हो । उता दक्षिण कोरियाले विश्वकपमा पछिल्ला ११ खेलमा एकमा मात्र जीत हासिल गरेको छ ।

जीतसँगै घाना समूह एचको दोस्रो स्थानमा उक्लेको छ । समूहबाट पोर्चुगल र उरुग्वेको खेल भने अझै बाँकी रहेको छ । घानाले अब २ डिसेम्बरमा उरुग्वेको सामना गर्नेछ भने दक्षिण कोरियाले सोही दिन पोर्चुगलसँग भिड्नेछ । नकआउट चरणमा पुग्न कोरियाका लागि कठिन देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप