गणना भएको मतमा जनमत पार्टीले भेट्यो ‘थ्रेस होल्ड’, राष्ट्रिय पार्टी बन्ने सम्भावना

सीके राउतले नेतृत्व गरेको जनमत पार्टीले हालसम्मको गणनामा समानुपातिक तर्फ ३ प्रतिशत अर्थात् थ्रेस होल्ड भेटेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार समानुपातिकतर्फको ९४ लाख ५२ हजार २७६ मत गणना हुँदा राउतको पार्टीले ३ दशमलव शून्य शून्य ३३ प्रतिशत अर्थात् २ लाख ८४ हजार ८२८ मत ल्याएको हो । उसले अन्तिम मत परिणाम घोषणा हुँदा पनि यो प्रतिशत कायमै राखे राष्ट्रिय पार्टी बन्नेछ ।
सो पार्टीका अध्यक्ष सिके राउतले सप्तरीको क्षेत्र नम्बर २ बाट निर्वाचन जितेका छन् । प्रत्यक्षमा १ र ३ प्रतिशत जनमत पाए राष्ट्रिय पार्टीको मान्यता पाउने कानुनी प्रावधान छ ।
अहिलेसम्मको समानुपातिक मत अनुसार नेकपा एमालेले २५ लाख ६० हजार ९३९, काँग्रेसले २४ लाख २८ हजार ८८४, माओवादी केन्द्रले १० लाख ८६ हजार २२२, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६७ हजार ५६८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४८ हजार १५३ र जनता समाजवादी पार्टीले ३ लाख ४१ हजार २७२ मत ल्याउँदै राष्ट्रिय पार्टीको सूचीमा रहने निश्चित गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय