बाराको ४ वटा निर्वाचन क्षेत्रमा ५० हजारभन्दा बढी मत बदर
बाराको चार वटा निर्वाचन क्षेत्रमा ५० हजार भन्दा बढी मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक दुवै तर्फ गरेर ५० हजार ७७ मत बदर भएको हो ।
निर्वाचन कार्यालयको तथ्यांक अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फ बारा क्षेत्र नं. १ मा १० हजार ४७३, निर्वाचन क्षेत्र नं. २ मा १३ हजार ३४२, बारा–३ मा १२ हजार ९३२ र क्षेत्र नं. ४ मा १३ हजार ५३० मत बदर भएको हो । बाराको ४ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मत बदर क्षेत्र नं. ४ मा बदर भएको छ । ४ लाख ३३ हजार ५०४ कुल मतदाता रहेको बारामा मङ्सिर ४ गते भएको निर्वाचनमा प्रत्यक्षतर्फ २ लाख ८७ हजार २१९ मत खसेको थियो । जसमध्ये २ लाख ७४ हजार ६५२ मत मात्रै सदर भएको छ ।
समानुपातिकतर्फ भने २ लाख ८९ हजार २६० मत खसेको निर्वाचन कार्यालयले जनाएका छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भन्दा समानुपातिक तर्फ २ हजार ४१ मत बढी खसेको छ ।
अन्तिम मतदाता नामावलीमा नाम भएर निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीसहित वृद्धाश्रममा रहेका बृद्धबृद्धा, कारागारमा सजाय भोगिरहेका कैदीबन्दीलाई समानुपातिक निर्वाचनमा सहभागी गराउन बारा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत कलैयामा अस्थायी मतदान स्थल राखिएको थियो ।
उक्त अस्थायी मतदान स्थलबाट १ हजार ७४७ मत प्रतिनिधिसभाको समानुपातिकतर्फ खसेको हो । समानुपातिकतर्फ चार वटै निर्वाचन क्षेत्रबाट खसेको कुल मतमध्ये १३ हजार ३७५ मत बदर हुँदा २ लाख ७५ हजार ८८५ मत मात्रै सदर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा