बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अवस्था ठीक नभएका सवारीसाधन चलाउने २२ चालक कारबाहीमा

सोमबार, १२ मङ्सिर २०७९, १९ : ३८
सोमबार, १२ मङ्सिर २०७९

अवस्था ठीक नभएका सवारीसाधन चलाउने २२ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँको कीर्तिपुरमा सोमबार दिउँसो गरिएको सवारी साधनको विशेष यान्त्रिक चेकिङका क्रममा पानी ट्याङ्कर, फोर्स गाडी र टाटा सुमो लगायतका २२ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । 

यस्तै कालो धुवाँ फाल्ने र हेण्ड ब्रेक ठीक नभएका ८ वटा सवारी साधन भने नियन्त्रणमा लिइएको छ । ती सवारी साधनको थप यान्त्रिक परीक्षण गर्नुपर्ने भएकाले ट्राफिक प्रहरी प्रभाग कीर्तिपुरले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालयका सह प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।   
उनका अनुसार दक्ष तालिम प्राप्त प्राविधिकसहितको टोलीले १५० वटा सवारी साधन चेक जाँच गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप