शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुहारी र छोरीमाथि नराम्रो नजर राखेको भन्दै छोरासँग मिलेर पतिको हत्या

सोमबार, १२ मङ्सिर २०७९, १८ : ४७
सोमबार, १२ मङ्सिर २०७९

भारतको नयाँ दिल्लीस्थित त्रिलोकपुरीमा एक महिलाले छोरासँग मिलेर श्रीमान्‍को हत्या गरेकी छन् । उनको शव १० टुक्रा पारेर फ्रिजमा राखेर वरपरका क्षेत्रमा फ्याँकिएको थियो । 

सोमबार नै दुईवटा सीसीटीभी फुटेज सार्वजनिक भएको छ । जसमा छोराले झोलामा टुक्रा बोकेको देखिन्छ भने आमा पनि पछाडि देखिन्छिन् । प्रहरीले मृतकको शरीरका अंगका केही तस्बिर पनि सार्वजनिक गरेको छ । प्रहरीले ६ वटा शवको टुक्रा बरामद गरेको छ जसमा उनको टाउको पनि समावेश छ।

दिल्ली पुलिसले सोमबार दिउँसो यस विषयमा पत्रकार सम्मेलन गरेर हत्या भएका व्यक्तिको नाम त्रिलोकपुरी बस्ने अन्जन दास रहेको बताइएको छ । हत्या अभियोगमा परेकी महिलाको नाम पुनम हो, उनी अन्जनकी दोस्रो श्रीमती हुन् । छोराको नाम दीपक हो, जो अन्जनका सौतेनी छोरा हुन् । आमा र छोरा दुवै पक्राउ परेका छन् ।

पुनम र दीपकलाई सोधपुछ गर्दा उनीहरुले अञ्जनले छोरा दीपककी श्रीमती र उनकी एक सम्बन्धविच्छेदकी छोरीमाथि नराम्रो नजर राखेको कारण हत्या गरेको बताएका छन् । खराब नियतको आशंकामा पुनम र दीपकले मार्च-अप्रिलमा हत्याको षड्यन्त्र रचे। ३० मेमा दुवै जनाले अन्जनलाई निद्राको चक्की मिसाएको रक्सी खुवाएका थिए । बेहोस भएपछि अन्जनको घाँटी र शरीरका विभिन्न भागमा छुरा प्रहार गरी हत्या गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप