बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गायकवाडले एक ओभरमा हिर्काए सात छक्का

सोमबार, १२ मङ्सिर २०७९, १८ : ०६
सोमबार, १२ मङ्सिर २०७९

युवा ब्याट्सम्यान ऋतुराज गायकवाडले सोमबार इतिहास रचेका छन् । विजय हजारे ट्रफीमा महाराष्ट्रका लागि खेल्दै गायकवाडले उत्तर प्रदेश विरुद्धको खेलमा एक ओभरमा सात छक्का प्रहार गरेका हुन्। लिमिटेड ओभरको क्रिकेटमा यो उपलब्धि हासिल गर्ने उनी विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् ।

गायकवाडले महाराष्ट्रको इनिङ्सको ४९ औं ओभरमा यो उपलब्धि हासिल गरेका हुन् । शिव सिंहको यो ओभरमा एक बल नो बल थियो । यसरी यो ओभर सात बलको थियो र गायकवाडले सबै सात बलमा छक्का हाने । यो ओभरमा कुल ४३ रन बने । यस इनिङ्समा गायकवाडले १५९ बलमा २२० रन बनाएका थिए । यस क्रममा उनले १० चौका र १६ छक्का प्रहार गरे ।

गायकवाडको यो इनिङको मद्दतले महाराष्ट्रले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३३० रन बनाएको थियो । यस इनिङ्समा गायकवाडले ओपनिङ गरेका थिए । उनी बाहेक महाराष्ट्रका अन्य कुनै ब्याट्सम्यानले अर्धशतक पनि बनाउन सकेनन् । अंकित बावने र अजिम काजीले ३७–३७ रनको इनिङ खेले । उत्तर प्रदेशका लागि फास्ट बलर कार्तिक त्यागीले ६६ रन खर्चेर सर्वाधिक तीन विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप