शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

६ गोलको थ्रिलरमा क्यामरुन र सर्बिया बराबरी

सोमबार, १२ मङ्सिर २०७९, १७ : ५६
सोमबार, १२ मङ्सिर २०७९

विश्वकपमा क्यामरुन र सर्बियाबीचको खेल बराबरीमा सकिएको छ । समूह जी अन्तर्गत सोमबारको खेलमा दुई टोलीले ३–३ को बराबरी खेलेका हुन् । खेलमा अग्रता भने क्यामरुनले नै लिएको थियो ।

जिन चाल्र्स क्यास्टेलेटोले खेलको २९ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर, इन्जुरी समयमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै सर्बिया खेलमा फर्किएको थियो । सर्बियाका लागि स्ट्राहिन्जा पाभ्लोविच र सर्जेग मिलिन्कोभिच साभिचले गोल गरे ।

दोस्रो हाफको सुरुवातमा नै अलेक्सान्डर मिट्रोविचले गोल गर्दै सर्बियाको अग्रता फराकिलो बनाए । तर,  ३ मिनेटको अन्तरमा क्यामरुनले दुई गोल फर्कायो । भिन्सेन्ट अबुबकार र एरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै खेल बराबरी गरे । 

दुई खेलपछि दुई टोलीको १–१ अंक रहेको छ । दुवै टोली यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप