बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्ता प्रवृत्ति अपनाउँदै बढ्न थाल्यो ठगी, साइबर ब्युरोले गरायो सचेत

सोमबार, १२ मङ्सिर २०७९, १७ : ३३
सोमबार, १२ मङ्सिर २०७९

नेपाल प्रहरीको साइबर ब्युरोले प्रविधिको दुरुपयोग गरी ठगी गर्ने कार्य बढेको भन्दै सचेत रहन आम सर्वसाधारणलाई आग्रह गरेको छ ।  विगत केही समयदेखि व्यक्ति तथा आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल मार्फत विभिन्न प्रवृत्ति अपनाउँदै ठगी गर्ने कार्य दिन प्रतिदिन बढेको पाइएको भन्दै सजग रहन सबैमा अनुरोध गरेको हो  । 

ब्युरोका अनुसार अनलाइनमा  मात्रै चिनजान भएको साथीले गिफ्ट पठाइदिने भनि प्रलोभनमा पार्ने र उक्त गिफ्ट प्राप्त गर्न ट्याक्स क्लिअरेन्स गर्नुपर्ने बाहाना बनाई रकम माग हुने गरेको छ । यस्तै चिठ्ठा परेको र उक्त चिठ्ठा प्राप्त गर्नको लागि ट्याक्स क्लिअरेन्सको बाहाना बनाई रकम माग गर्ने गरेको पाइएको पनि ब्युरोको भनाइ छ । 

यस्तै सामाजिक सञ्जाल ह्याक गरी प्रयोगकर्ताका निकटतम् साथीसँग रकम माग गर्ने, जरुरी कोड नम्बर पठाएको छु भनि वान टाइम पासवर्ड (ओपीटी) माग गरी सम्बन्धित खातावालाको खाताबाट रकम निकाल्ने जस्ता कार्य हुने गरेको पाइएको पनि ब्युरोले जनाएको छ ।

अनलाइनमा सस्तोमा सामान बिक्रीमा राख्ने र समान पठाउनु पहिलेनै रकम असुल गरी आपूर्ति नगरेको ठगी गर्ने गरेको पाइएको पनि ब्युरोले जनाएको छ । 

यस्तै सामाजिक सञ्जाल मार्फत प्रेमजालमा पारी ठगी गर्ने,  भिडियो भाइरल गरिदिने भनि रकम माग गर्ने, क्रिप्टोकरेन्सीको नाममा ठगी गर्ने जस्ता कार्य समेत भएको पाइएकाले ब्युरोले सामाजिक सञ्जालको यही सदुपयोग गर्दै सचेत रहन अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप