चुनावमा धाँधली भएको झलनाथको निष्कर्ष, कानुनी उपचार खोज्ने (विज्ञप्तिसहित)
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका नेता झलनाथ खनालले निर्वाचनमा धाँधली भएको निष्कर्ष निकाल्दै कानुनी उपचार खोज्ने बताएका छन् ।
सोमबार एक वक्तव्य जारी गर्दै नेता खनालले आफ्नो निर्वाचन क्षेत्रका दुवै सिटमा निर्वाचन आयोगले मत गणना गरेर नतिजा घोषणा गरेपनि त्यसमा गम्भीर विवाद रहेकाले कानुनी उपचार खोज्ने बताएका हुन् ।
‘मतदानको प्रक्रिया सुरुदेखि नै स्वस्थ नरहेको, विभिन्न प्रकारका अनियमितता भएको, एउटा मतपेटिकामा मत हाल्नु पर्ने मा अर्कै मतपेटिकामा मत हालेको, कैयौं मतपेटिकामा खसेको मत गणना गर्दा सयौं मतपत्र नभेटिएको, सयौं मतपत्रहरू गायब भएको, कतिपय मत पेटिकामा खसेको मतभन्दा सयौं मत बढी भेटिएको जस्ता तथ्यहरूले मतदानको प्रक्रियामा योजनाबद्ध रुपमा अनियमितता भएको कुरा छर्लङ्ग पारेको छ’, खनालले भनेका छन्, ‘ती मतपत्रहरू कसरी गायब भए ? ती मतपत्रहरू कतिपय बाकसमा कसरी बढी हुन पुगे ? यी प्रश्नहरूको निर्वाचन आयोगले अहिलेसम्म तर्कसङ्गत जवाफ दिन सकेको छैन । त्यसैले मैले निर्वाचन अधिकृतले गराएको गणनाको नतिजालाई स्वीकार गर्न सकेको छैन ।’
उनले यस समस्याको समाधानका निम्ति कानुनी समाधान खोजिने जनाएका छन् ।
‘यस समस्याको समाधानका निम्ति कानुनी समाधान खोजिने नै छ’, खनालको भनाइ छ । उनले प्रतिकुलताका बाबजुद इलामेली जनताले यसपटकको निर्वाचनमा उत्साहपूर्वक भाग लिएकोमा धन्यवाद दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातौँ दिनमा घट्यो नेप्से, कारोबार रकम बढ्यो
-
फष्टलुक्समा यस्तो देखियो फिल्म ‘गुरु आमा’
-
चीनमा भूकम्प : हालसम्म १२ सयभन्दा बढी परकम्प
-
नाथम : पर्यटन प्रवर्द्धन र रोजगारीमा निरन्तर पहल
-
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि बनाइएका संरचनाहरूबाट स्वास्थ्य सेवा सुरु गर्न माग
-
२०८२ मै पुग्न सक्छ दुईतिहाइ, ओलीले किन पुर्याए २०८७ मा संविधान संशोधनको भाका ?