शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकपबाट बाहिरिने खतरामा क्यामरुन

सोमबार, १२ मङ्सिर २०७९, १६ : ५१
सोमबार, १२ मङ्सिर २०७९

क्यामरुन सर्बियासँग पहिलो हाफमा १–२ गोलले पछि परेको छ । समूह जी अन्तरगतको खेलमा आज हार बेहोरे क्यामरुन प्रतियोगिताबाट बाहिरिनेछ ।

खेलमा अग्रता भने क्यामरुनले नै लिएको थियो । जिन चाल्र्स क्यास्टेलेटोले खेलको २९ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर, इन्जुरी समयमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै सर्बिया खेलमा फर्किएको हो ।

सर्बियाका लागि स्ट्राहिन्जा पाभ्लोविच र सर्जेग मिलिन्कोभिच साभिचले गोल गरे । दुवै टोली यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप