शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शुल्क लिएर श्रीमान्‌लाई नियन्त्रणमा राख्न सिकाउँछिन् यी महिला

सोमबार, १२ मङ्सिर २०७९, १४ : १३
सोमबार, १२ मङ्सिर २०७९

पुरुष पार्टनरलाई कुरामा फसाएर आफ्नो काम गर्न लगाउने तरिकाबारे जानकारी दिएका कारण एक लाइफ कोच चर्चामा छिन् । यी महिला इन्फ्लुएन्सर अन्य महिलालाई महिलावादबारे पढाउँछिन् र समस्यालाई टाढा राख्ने तरिकाबारे जानकारी दिन्छिन् ।

३४ वर्षकी यी महिला इन्फ्लुएन्सरको नाम मार्गरिटा नजरेन्को हो । उनी अष्ट्रेलियाको सिड्नीमा बस्छिन् । मार्गरिटा महिलालाई आफ्नो चलाखी र नारीत्व प्रयोग गर्न सल्लाह दिन्छिन् ताकि महिलाले आफ्नो पुरुष पार्टनरबाट आफूले चाहेको कामका लागि मनाउन सकून् र एक आरामदायी जीवनयापन गर्न सकून् ।

न्युयोर्क पोस्टका अनुसार सर्जनसँग विवाहित मार्गरिटाले तीन जनावरको उदाहरण दिएर महिलाको व्यवहारको ढाँचाबारे बताएकी छिन् । पहिलो – हरिण, दोस्रो – गाई र तेस्रो – घोडा ।

मार्गरिटाका अनुसार हरिण स्त्री ऊर्जाको प्रतीक हो, महिला उजस्तै हुनुपर्छ । एक सन्तानकी आमा उनी थप्छिन्, ‘आमाको भूमिका एक दुध दिने गाईजस्तो हुन्छ जसले सबैकुरा गर्छिन् र उनी थकित हुन्छिन् । यो भूमिकाबाट बाहिर निस्कनका लागि उनले एउटा सीमाना कोर्नुपर्छ र पार्टनरसँग आफ्नो काम बाँड्नुपर्छ ।

मार्गरिटाले थपिन्, ‘घोडा प्रभावशाली पुरुषको भूमिका निभाउँछ । म पूरा जीवनभर घोडाले जस्तै व्यवहार गरिरहेँ । म सबै खर्च आफैँले व्यवहोर्न चाहन्थे र त्यस्ता पुरुषको पछाडि भाग्थेँ जो मसँग बस्न मन पराउँथे । ’

उनी थप्छिन्, ‘महिला हरिणजस्तो हुनुपर्छ । हरिणलाई केही गलत हुन लागेको पहिल्यै थाहा हुन्छ र उनीहरु तत्काल त्यहाँबाट निस्कन सफल पनि हुन्छन् ।’

पुरुषले आफ्नो कुरामा मनाउन महिलाले आफ्नो भित्री नारीत्वलाई थप प्रभावकारी बनाउनुपर्ने मार्गरिटा दाबी गर्छिन् । उनले भनिन्, ‘आफ्नो कुरा मनाउनका लागि महिलाले पुरुषसँग झगडा गर्नु हुँदैन । यसले फिटिक्कै काम गर्दैन ।’

थप्छिन्, ‘पुरुषको गुणहरुको कुरा गर्दै उनीहरुको तारिफ गर्नुहोस् किनभने यसो गर्दा उनीहरुले तपाईंको कुरामा ध्यान दिन थाल्नेछन् । जुन कुरालाई उनीहरुले बदल्न सक्दैनन् त्यसबारे असन्तुष्टि व्यक्त नगर्नुहोस् । ’

मार्गरिटा पुरुषलाई कसरी प्रभावित पार्ने भनेर एक अनलाइन कोर्समार्फत् तरिका बताउँछिन् । यसका लागि उनले शुल्क पनि लिन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप