शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फिफा विश्वकप : सारादेखि सोफियासम्म... सोसल मिडिया सेन्सेसन हुन् जर्मन खेलाडीका पार्टनर

सोमबार, १२ मङ्सिर २०७९, १३ : ०६
सोमबार, १२ मङ्सिर २०७९

फिफा विश्व कप २०२२ मा जर्मनीको सुरुवात केही खास भएन र उसले पहिलो प्रतिस्पर्धामा जापानसँग १–२ ले हारको सामना गर्नुपरेको थियो । यस्तै स्पेनविरुद्ध उसको प्रतिस्पर्धा १–१ को बराबरीमा रह्यो । जहाँ जर्मन खेलाडी मैदानमा पसिना बगाइरहेका छन् भने अर्कातिर उनीहरुका पार्टनर पनि टिमको हौसला बढाइरहेका छन् । आउनुहोस्, जर्मन टिमका खेलाडीका पार्टनरबारे केही जानकारी लिआँै ।

सारा अरफौई

सारा अरफौईले यसै वर्ष जूनमा इल्के गुन्डोगनसँग विवाह गरेकी थिइन् । सारा अरफौई पेशागत रुपमा एक टिभी प्रस्तोता हुन् । अरफौईको जन्म फ्रान्समा भएको थियो तर उनी सानो हुँदा इटली गएकी थिइन् । सारा सोसल मिडियामा निकै सक्रिय छिन् ।

इजाबेल गोलार्ट

मोडल इजाबेल गोलार्टका पनि थुप्रै प्रशंसक छन् । इजाबेल गोलार्ट गोलकिपर केविन ट्रेपकी प्रेमिका हुन् । यी दुइले इन्गेजमेन्ट गरिसकेका छन् । इजाबेल गोलार्ट पहिला भिक्टोरिया सिक्रेट गर्ल थिइन् र उनले स्पोर्टस इलस्ट्रेटेडका लागि मोडलिङ गरिसकेकी छिन् । सन् २०१५ मा इजाबेल पहिलो पटक केविन ट्रेपसँग भेट भएको थियो र तीन वर्षपछि उनीहरुले इन्गेजमेन्ट गरेका थिए ।

सोफिया वेबर

सोफिया बेवर आफ्नी बाल्यकालकी साथी काई हेवर्टसँग डेट गरिरहेका छन् । सोफियाको इन्स्टाग्राम अकाउन्टमा १८०,००० भन्दा बढी फलोअर्स छन् । २२ वर्षीया सोफियालाई लण्डनमा बस्न निकै मनपर्छ । साथै सोफियालाई घुम्न पनि निकै शौख छ ।

दानी टेर स्टेगन

दानी टेर स्टेगन एक वास्तुकार हुन् । २८ वर्षीया दानी आफ्नो पार्टनर मार्क–आन्द्रे स्टेगनसँग बार्सिलोना गएकी थिइन् जहाँ एक कलेजबाट वास्तुकलामा आफ्नो पढाई पूरा गरिन् । गोलकिपर मार्क–आन्द्रे स्टेगन र दानीले सन् २०१२ मा डेटिङ सुरु गरेका थिए र त्यसपछि सन् २०१७ मा फेसबुक लाइभ भिडियोमार्फत् आफ्नो इन्गेजमेन्टको घोषणा गरे । यी दुईका एक छोरा छन् जसको जन्म सन् २०१९ मा भएको थियो ।

मारियो गोट्जे

मारियो गोट्जेकी श्रीमती ऐन–क्याथरिन ब्रोमेल एक मोडल हुन् र उनले जर्मनीको नेक्स्ट टप मोडलको शीर्ष ५० मा स्थान बनाएर निकै चर्चा बटुलेकी थिइन् । जब मारियोलाई सन् २०१७ मा मायोपेथी भएको पत्ता लाग्यो तब ऐनले मारियोलाई अत्यधिक माया र केयर गरिन् ।

लिसा मलर

जर्मनीका दिग्गज थोमस मुलरकी श्रीमती लिसा मलर ३३ वर्षीय एक चर्चित ड्रेसेज राइडर हुन् । एकपटक लिसाले आफ्ना श्रीमान् थोमस मुलरलाई म्यानचेस्टर युनाइटेडमा जान रोकिन् । सन् २०१८ मा मुलरलाई एकपटक टिमबाट आउट गरेपछि लिसाले बायर्नका पूर्व कोच निको कोवाकको पनि आलोचना गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप