बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

करिश्मासँग सलोनले कसे लगनगाँठो

सोमबार, १२ मङ्सिर २०७९, १३ : ०५
सोमबार, १२ मङ्सिर २०७९

अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएका छन् । उनले सोमबार (आज) प्रेमिका करिश्मा केसीसँग नेपाली परम्पराअनुसार लगनगाँठो कसेका हुन् ।  सलोन र करिश्माको वैवाहिक समारोह अहिले चन्द्रागिरि रिसोर्टमा चलिरहेको छ । महिला समूहको नौमती बाजासहित जन्ती लिएर सलोन रिसोर्ट पुगेका थिए ।

सलोनका जन्तीमा फिल्म क्षेत्रका थुप्रै चिनिएका अनुहार समेत सहभागी छन् । विवाहमा दुवै तर्फका आफन्त, सहकर्मी र नजिकका साथीभाई सहभागी छन् । सलोनले करिब तीन वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । विवाह भोज भने १४ गते बुधबार राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप