शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

समानुपातिक मतगणनामा माओवादीले घण्टीलाई फेरि उछिन्यो, आठौँ स्थानमा एकीकृत समाजवादी

सोमबार, १२ मङ्सिर २०७९, १२ : २५
सोमबार, १२ मङ्सिर २०७९

प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा नेकपा माओवादी केन्द्रले घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि उछिनेको छ । जारी मतगणनामा  घण्टी र माओवादीबीच एक अर्कालाई उछिन्ने प्रतिस्पर्धा चलिरहेको छ । यस अवस्थामा फेरि माओवादी केन्द्रले लिड गरेको हो । 

माओवादी केन्द्रले १० लाख ६४ हजार १५२ मत पाउँदा घण्टीले १० लाख ६३ हजार ८३१ मत पाएको छ । यस्तै थ्रेस होल्ड कटाउनका लागि संघर्ष गरिरहेको नेकपा एकीकृत समाजवादी पार्टी आठौं स्थानमा छ । समाजवादीले जम्मा २ लाख ५२ हजार मत पाउँदा उसलाई उछिन्दै जनमत पार्टीले २ लाख ६२ हजार मत पाएको छ । 

यस्तै पहिलो स्थानमा भने एमाले कायमै छ । एमालेले २५ लाख ३४ हजार मत पाउँदा कांग्रेसले २४ लाख ३०७ मत पाएर पछ्याइरहेको छ।  यस्तै पाँचौ स्थानमा रहेको राप्रपाले ५ लाख ४५ हजार मत पाएको छ । 
यस्तै नवौँ स्थानमा नागरिक उन्मुक्ति पार्टी रहेको छ भने दशौँमा लोसपा रहेको छ । यी दुई पार्टीले क्रमशः २ लाख ३७ हजार र १ लाख २७ हजार मत पाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप