शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वर्ल्डलिंक कम्युनिकेशन्सको सेवा लिने ७ ग्राहकलाई स्मार्ट टिभी कोसेली

सोमबार, १२ मङ्सिर २०७९, १२ : १६
सोमबार, १२ मङ्सिर २०७९

वर्ल्डलिंक  कम्युनिकेशन्स लिमिटेडले देशभरबाट छनोटमा परेका ७ जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टेलिभिजन (टिभी) कोसेली प्रदान गरेको छ ।वर्ल्डलिंकले सेवा सुरु गरेको २७ वर्षमा ७ लाख ग्राहक बनाउन सफल भएको अवसरमा पारी ७ जना ग्राहकलाई टेलिभिजन कोसेली दिएको हो ।

१ लाखदेखि ७ औँ लाख ग्राहक नम्बर भएका ग्राहकलाई कोसेली प्रदान गरेको  वर्ल्डलिंकले जनाएको छ । टेलिभिजन कोसेली पाउनेमा मकवानपुर हेटौँडाका निरज बराइली, झापा बिर्तामोडकी मनिसा राई, बुटवलका विजय थापा, सुर्खेतका शिवराम रोकाया, भक्तपुर गठ्ठाघरका भीमबहादुर कुमाल, राष्ट्रबैंक चोकका रविन थापा र बालाजुका हुमनाथ अधिकारी छन् ।

सन् १९९५ बाट सेवा सुरु गरेको  वर्ल्डलिंकले २७ वर्षमा गत नोभेम्बर १४ मा ग्राहकको सङ्ख्या ७ लाख पुर्‍याएको हो । सबैभन्दा बढी ग्राहक कोभिड–१९ महामारीपछि थपिएको  वर्ल्डलिंकले जनाएको छ । सन् २०१९ को फेब्रुअरीसम्म ३ लाख ग्राहक बनेकोमा सन् २०२२ को नोभेम्बरसम्म आइपुग्दा थप ४ लाख ग्राहक थपिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप