शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिरियामा तैनाथ शान्ति सैनिकको अदलीबदली

सोमबार, १२ मङ्सिर २०७९, १२ : ०६
सोमबार, १२ मङ्सिर २०७९

सिरियामा शान्ति स्थापनाका लागी परिचालित नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ । सिरियामा परिचालित फोर्स हेडक्वार्टर सपोर्ट युनिट १० औं डफ्फा र प्राविधिक तर्फका ४ युनिटलाई बदली गर्न नयाँ टिम त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । 

त्यहाँ खटिएको टिमलाई बदली गर्न फोर्स हेडक्वार्टर सपोर्ट युनिट (शान्ति सेना) ११ औं डफ्फासहित थप ४ वटा प्राविधिक युनिट त्यसतर्फ प्रस्थान गरेका छन् । 

सेनानी किशोर खड्का नेतृत्वमा २ सय ३ जनाको अन्तिम टोली सिरिया प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ । सिरियामा तैनाथ प्रमुख सेनाली देवेन्द्र खड्का नेतृत्वको १० औं डफ्फा सहितका युनिट सोमबार स्वदेश फर्किंदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप