शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

४५ वर्षीया तब्बूको खुलासाः अजय देवगनका कारण अहिलेसम्म हुन सकेन विवाह !

बिहीबार, १५ असार २०७४, १४ : १०
बिहीबार, १५ असार २०७४

बलिउड नायिका तब्बू ४५ वर्ष पुगिसकेकी छिन् तर अहिलेसम्म उनी अविवाहित छिन् । केही समय अघि उनले यसबारे मुख खोलेकी छिन् । उनका अनुसार अजय देवगनका कारण उनी अहिलेसम्म अविवाहित हुनुपरेको उनले खुलासा गरेकी छिन् । एक मिडियासँगको कुराकानीमा तब्बूले अजयले जे गरेका छन् त्यसको पछुतो पनि गरेका होलान् भनी आशा गरेकी छिन् ।

तब्बूले भनिन्, ‘म र अजय विगत २५ वर्षदेखि एक–अर्कालाई चिन्थ्यौं । उनी मेरा कजिन दाइ समिर आर्यका छिमेकी र निकै नजिकका साथी थिए । जब म सानो थिएँ तब समिर र अजय ममाथि कडा निगरानी राख्थे । जो पुरुष मसँग कुराकानी गर्दथे उनीहरुलाई कुट्थे । दुबैले गुण्डागर्दी गर्दथे ।’

अब अजयलाई भन्छिन्, ‘मेरो लागि केटा खोज’

रिपोर्टका अनुसार अजय आफ्नी विशेष साथीको विवाह भएको हेर्न चाहन्छन् । यसबारे तब्बूले जिस्कने मुडमा भनिन्, ‘मैले थुप्रै पटक अजयलाई मेरा लागि एक उपयुक्त वर खोजिदिन आग्रह गर्छु ।’

‘यो त हाँसोको बहाना हो । म र अजयको सम्बन्ध निकै राम्रो छ । फिल्मी उद्योगका सबै नायकमध्ये मेरा लागि सबैभन्दा विशेष अजय देवगन नै हुन् । उनी अहिले पनि निकै प्राटेक्टिभ छन् ।’

अजय र तब्बूले विजयपथ, हकिकत, तक्षक र दृश्यममा सँगै काम गरेका छन् । रोहित शेट्टीको आउँदो फिल्म ‘गोलमाल अगेन’ मा पनि सँगै देखिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप