शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘भगवत् गीता’ मा सुहानाका लागि हिरोको खोजी

सोमबार, १२ मङ्सिर २०७९, ११ : ०८
सोमबार, १२ मङ्सिर २०७९

अभिनेत्री झरना थापाको निर्देशनमा बन्ने फिल्म हो ‘भगवत् गीता’ । प्रेमकथामा बन्ने सुनीलकुमार थापा निर्माता रहेको फिल्ममा मुख्य भुमिकामा अभिनेत्री सुहाना थापा रहनेछिन् ।  फिल्मका लागि अभिनेत्री सुहानाको जोडीका खोजी सुरु भएको छ ।

निर्माण युनिटले फिल्मको लागि २० देखि २५ वर्षको एक युवा कलाकार (हिरो) को आवश्यकता भन्दै अडिसन खुल्ला गरेको हो । यस अगाडि हिरोका लागि अभिनेता धिरज मगरसँग कुरा भएको थियो । तर पारिश्रमिकमा कुरा नमिल्दा अहिले फिल्म युनिटले नायकको खोजी सुरु गरेको हो ।

फिल्मका लागि नायकको अलवा बाल कलाकारको पनि खोजी गरिएको छ । ८ देखि १० वर्ष उमेरका बालकको खोजी गरिएको हो । अगामी वैशाख १ गतेबाट रिलिज गर्ने तयारी गरिएको फिल्मको छायांकन सेडुल यही मंसिर भनिएको छ । तर कलाकार फाइनल नहुँदा फिल्मको छायांकन अन्योल बन्दै गएको छ । फिल्म जनकपुर, दार्चुला  काठमाडौंमा छायांकन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप