मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

केही बालोपयोगी सामान्यज्ञान

सोमबार, १२ मङ्सिर २०७९, १० : २५
सोमबार, १२ मङ्सिर २०७९

१, नेपालमा यही मन्त्रालय वा विभागले गर्ने भनेर प्रष्टसँग नतोकिएको वा किटानी नभएको काम कुन मन्त्रालयले गर्ने प्रावधान छ ? 
(क) गृह मन्त्रालयले (ख) सामान्य प्रशासन मन्त्रालयले (ग) प्रधानमन्त्रीको कार्यालयले (घ) मन्त्रिपरिषद्ले 
२, आयुर्वेदका प्रवर्तक भनेर कसलाई भन्ने गरिएको छ ?
(क) आचार्य चरक (ख) आचार्य सुश्रुत (ग) धन्वन्तरी (घ) ब्रह्माजी
३, नेपालमा हरित शहर भनेर चिनिने शहरको नाम के हो ?
(क) पोखरा (ख) हेटौँडा (ग) वनेपा (घ) धुलिखेल
४, वि. सं. २०७९ मा मदन पुरस्कार पाउने कृतिको नाम के हो ?
(क) अर्को भोर (ख) दमिनी भीर (ग) करिया (घ) अग्नि

५, वि. सं. २०७९ मा पद्मश्री साधना सम्मान पाउने साहित्यकारको नाम के हो ? 
(क) पद्मावती सिंह (ख) माया ठकुरी (ग) भागीरथी श्रेष्ठ (घ) सुलोचना मानन्धर
६, सैपाल हिमाल नेपालको कुन जिल्लामा रहेको छ ? 
(क) बझाङ (ख) दार्चुला (ग) हुम्ला (घ) कालीकोट
७, नेपालमा हालसम्म कति जनालाई राष्ट्रिय विभूति भनेर घोषणा गरिएको छ ?
(क) १७ (ख) १८ (ग) १९ (घ) २० 

८, विश्वकप फुटवल खेल कहिलेदेखि सुरू भएको हो ? 
(क) सन् १९३० (ख) सन् १९३१ (ग) सन् १९३२ (घ) सन् १९३३ 
९, कतार विश्वकप खेल २०२२ कतिवटा रङ्गशालामा खेलाइँदै छ ?
(क) ४ वटा (ख) ६ वटा (ग) ८ वटा (घ) १० वटा  
१०, नेपालमा राष्ट्रिय विज्ञान दिवस कुन दिन मनाइने गरिन्छ ?
(क) असार १ गते (ख) साउन १ गते (ग) भदौ १ गते (घ) असोज १ गते  
११, नेपालमा दोस्रो गौतम बुद्ध भनेर चिनिने प्रतिभाको नाम के हो ?
(क) जय पृथ्वीबहादुर सिंह (ख) भवानी भिक्षु (ग) बालकृष्ण सम (घ) लेखनाथ पौड्याल 

                                  सही उत्तर 
१–(क), २–(ग), ३–(ख), ४–(घ), ५–(ख), ६–(क), ७–(ख), ८–(क), ९–(ग), १०–(घ), ११–(क)

स्रोत विभिन्न पत्रपत्रिका
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप