बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषा ४ मा रघुवीरभन्दा ६०२ मतले अघि लागे महेन्द्र

सोमबार, १२ मङ्सिर २०७९, ०९ : ५३
सोमबार, १२ मङ्सिर २०७९

धनुषा ४ मा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अग्रता बनाएका छन्  । यादवले २६ हजार ९१४ मत पाउँदा एमाले सचिव रघुवीर महासेठले २६ हजार ३१२ मत ल्याएर पछ्याइरहेका छन् ।

आइतबार साँझबाट यादवलाई उछिनेका महासेठ सोमबार विहान  ६०२ मतले पछाडि परेका छन् । मिथिला नगरपालिकाको गणना भइरहेको छ । यहाँ करिब १२ हजार मत गन्न बाँकी छ । स्थानीय निर्वाचनमा मिथिलाको मेयर कांग्रेस र उपमेयर एमालेले जितेको थियो । यहाँ नेकपा एकीकृत समाजवादीको मत निर्णायक छ । 

गठबन्धनका साझा उम्मेदवार यादवले एकीकृत समाजवादीको मत पाउँदा सहजै चुनाव जित्ने अवस्था छ । तर एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीको मत महासेठलाई गएको अवस्थामा यादवको जित कठिन हुने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप