मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मतदाता भेट्दै पराजित उम्मेदवार कुँवर

सोमबार, १२ मङ्सिर २०७९, ०७ : २८
सोमबार, १२ मङ्सिर २०७९

विगतका हरेक निर्वाचनपछि मतदाताहरूको एउटै गुनासो हुने गरेको थियो, निर्वाचनअघि घरघरै आएर भेट्ने नेताहरू चुनावपछि फर्केर आउँदैनन्। तर, यतिबेला जुम्लाका विजयी सांसद मात्र होइन, पराजित उम्मेदवारहरू पनि मतदाता भेट्न गाउँ–गाउँ पुगेका छन्। 

मंसिर ४ गते जुम्लामा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका उम्मेदवारहरू टोलटोलमा पुगेर विजयोत्सव मनाइरहँदा पराजित उम्मेदवारहरू पनि टोल टोलमै पुगेर आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिइरहेका छन्।

जिल्लाका २ वटै निर्वाचन क्षेत्रबाट विजयी भएका उम्मेदवारहरू घरदैलो गर्दै मतदाताबाट बधाई थापिरहेका छन्। निर्वाचनमा पराजित भएका सत्ता गठबन्धनकी उम्मेदवारहरू गाेम गौतम ( कुवर ) पनि घरदैलो अभियान गरेरै मतदातालाई धन्यवाद ज्ञापन गर्न जुटेकी छन्।

प्रतिनिधिसभातर्फ जुम्ला बाट निर्वाचित राप्रपाका ज्ञानबहादुर (ज्ञानेन्द्र) बहादुर शाही, प्रदेश (क) स्वतन्त्र बाट निर्वाचित देवेन्द्र बहादुर शाही र जुम्ला प्रदेश (ख) बाट निर्वाचित टेकराज पछाइले आ–आफ्ना क्षेत्रमा पुगेर मतदातालाई धन्यवाद दिँदै निर्वाचनअघिका वाचा पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। साथै मतदातालाई भेट्दै बधाई साटासाट गरिरहेका छन्।

उनीहरुले आफूले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रका साथै समग्र जिल्लाको विकासका लागि काम गर्ने प्रतिबद्धता मतदातासामु दोहोर्‍याएका छन्।

निर्वाचनअघि जुन एजेन्डाहरू लिएर भोट मागेका थियौँ, अहिले जितिसकेपछि पनि मतदाताहरूमाझ पुगेर तिनै वाचा पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याएका छौँ’, प्रतिनिधिसभा सदस्यमा विजयी ज्ञानेन्द्र शाहीले भने। अब नयाँ सरकार बन्ने र त्यसपछि विकास हुने आश्वासन विजयी उम्मेदवारहरूले बाँडिरहेका छन्। विगतमा निर्वाचनको बेला मत माग्न मात्र जाने तर विजयी भइसकेपछि फर्केर नहेर्ने संस्कारको अन्त्य गर्न आफूहरू परिणाम आइसकेपछि पनि मतदाताको घरदैलोमा पुगेर धन्यवाद दिइरहेको बताउँछन्।


प्रदेशसभा (ख) बाट निर्वाचित सांसद टेकराज पछाई,उनले चुनावअघि मात्र होइन, विजयी भइसकेपछि पनि पुनः मतदातासम्म पुगेर धन्यवाद दिनुपर्ने संस्कारको विकास गर्नुपर्ने बताए। यसले आफ्ना जनप्रतिनिधिहरूप्रति मतदाताको विश्वास अझ बलियो हुने उनको भनाइ छ। हामीले जनताले गुनासो गर्नै नपर्ने गरी काम गर्ने प्रतिबद्धता गरेका थियौँ, सोही अनुसार विजयी भइसकेपछि पनि जनताले फर्केर आएनन् भन्ने गुनासो गर्न नपरोस् भनेर पुनः मतदाताकहाँ पुगिरहेका छौँ’, उनले भने।


सत्ता गठबन्धनकी उम्मेदवार तथा नेकपा माओवादी केन्द्रकी नेतृ गाेमा गौतम (कुँवर) पनि गाउँ–गाउँमा पुगिरहेकी छन्। चुनावी परिणामको समीक्षा गर्दै उनी मतदाता भेट्न थालेकी हुन्। हारेपनि कति पनि विचलित नभएको उनी बताउँछिन्। जिल्लाकाे पातारासी, गुठिचाैर,हिमा र तिला गाउँपालिकामा चुनावी समीक्षा कार्यक्रममा पुगिसकेकी छन् ।

अब कनकासुन्दरी, तातोपानी र सिंजा गाउँपालिका र चन्दननाथ नगरपालिका पनि पुग्ने बताइन् । उनले निर्वाचनमा हार जित हुनु स्वाभाविक प्रक्रिया हो, आफू पराजित भए पनि कति पनि विचलित भएको छैन, जनताको सुख–दुःखमा सधैँ साथ दिइरहनेछु ।निर्वाचनमा पराजित भए पनि मतदातालाई धन्यवाद दिन नेतृ गौतम अहिले उनीहरूको घरदैलोमा पुगिरहेको छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप