राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादीलाई उछिन्यो
सोमबार, १२ मङ्सिर २०७९, ०६ : ४६

समानुपातिक निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्तत्र पार्टीले नेकपा माओवादी केन्द्रलाई उछिनेको छ । जारी मतगणनाअनुसार सो पार्टीले सोमबार बिहानसम्म तेस्रो स्थानमा रहेको पार्टीले १० लाख ५९ हजार ७६ मत ल्याएको छ भने नेकपा माओवादी केन्द्रले १० लाख ५१ हजार १४३ मत ल्याएको छ ।
हालसम्म ९२ लाख २७ हजार ५४ मत गनिसकिएको छ । सोही समयमा एमालेले २५ लाख १६ हजार ५९२ मतसहित पहिलो स्थान बनाएको छ भने नेपाली कांग्रेसले २३ लाख ८५ हजार १०३ मतसहित दोस्रो स्थान बनाएको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४४ हजार १४८ मत ल्याएर पाँचौ पार्टी बनेको छ । समानुपातिकतर्फ नै जसपाले ३ लाख १७ हजार ४४ मत ल्याएर छैठौं स्थानमा रहेको छ भने सातौँमा नेकपा एकीकृत समाजवादीले २ लाख ४८ हजार मत पाएको छ । समाजवादी तीन प्रतिशत थ्रेस होल्ड कटाउने प्रयासमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमार र थाइल्याण्डपछि अफगानिस्तानमा लगातार भूकम्प
-
पूर्वराजाका समर्थकले गरेको तोडफोड अनुगमनमा निस्कँदै गृहमन्त्री
-
गणतन्त्रवादी र राजावादीको प्रदर्शनलाई तुलना गर्दै एमाले महासचिवले भने–असलियत उदांगिएको छ
-
१५ तस्बिरमा म्यानमारको विनाशकारी भूकम्प
-
प्रदर्शनका नाममा गरिएको हिंसात्मक गतिविधिको इन्सेकद्वारा भर्त्सना
-
म्यानमार भूकम्प : मृत्यु हुनेको संख्या १४४ पुग्यो, उद्धार जारी