बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बागमती प्रदेशसभा: खुम्चियो एमाले, कांग्रेस फाइदामा

सोमबार, १२ मङ्सिर २०७९, ०६ : ३४
सोमबार, १२ मङ्सिर २०७९

बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका प्रदेशसभा तर्फको ६६ निर्वाचन क्षेत्र मध्ये ६४ वटाको मत गणना कार्य सम्पन्न भइसकेको छ । प्रदेशका प्रत्यक्ष तर्फको ६६ निर्वाचन क्षेत्र मध्ये दोलखाको २ क्षेत्रको मतगणना कार्य सुरु हुन सकेको छैन । अन्य जिल्लाको भने मत परिणाम नै सार्वजनिक भइसकेको छ ।

हालसम्म सार्वजनिक भएको मत परिणाम अनुसार बागमती प्रदेशको प्रदेशसभामा नेपाली कांग्रेसले सबैभन्दा बढी सिट जितेको छ । कांग्रेसले २४ सिटमा हात पार्दा नेकपा माओवादी केन्द्रले १४ सिटसहित दोस्रो स्थानमा रहेको छ ।

नेकपा एमालेले १२ सिटमा जित हात पारेको छ भन राप्रपाले ७ सिट, नेकपा एकीकृत समाजवादीले ५ सिट, हाम्रो नेपाली पार्टी र नेमकिपाले १÷१ सिट जितेको छ ।

कांग्रेसले काठमाडौँको १ (क), १ (ख), ३ (क), ३ (ख), ४ (क), ५ (ख), ६ (क), १० (क) गरी ८ वटा क्षेत्रमा जितेको छ । त्यस्तै कांग्रेसले ललितपुर १ (ख), २ (ख), सिन्धुलीको १ (ख), २ (क), काभ्रेको १ (ख), २ (ख), सिन्धुपाल्चोकको १ (क), २ (ख), धादिङको १ (क), २ (क), मकवानपुरको २ (ख), नुवाकोटको १ (ख), २ (ख), चितवनको २ (ख), रसुवाको १ (क) र भक्तपुरको १ (क) मा जितेको छ ।

माओवादी केन्द्रले सिन्धुलीको १ (क), २ (ख), रामेछापको १ (क), १ (ख), काभ्रेको १ (क), सिन्धुपाल्चोकको १ (ख), २ (क), धादिङको १ (ख), मकवानपुरको १ (क), २ (क), नुवाकोटको १ (क), २ (क), चितवनको ३ (ख) र रसुवाको १ (ख) जितेको छ भने एमालेले काठमाडौँ ४ (ख), ६ (ख), ७ (ख), ९ (ख), ललितपुरको १ (क), २ (क), ३ (क), ३ (ख), मकवानपुरको १ (ख), चितवनको १ (क) र २ (क) मा जितेको छ ।

राप्रपाले काठमाडौँ २ (क), २ (ख), ५ (क), ८ (क), ९ (क), धादिङको २ (ख) र चितवनको ३ (क) मा जित्दा एकीकृत समाजवादीले काठमाडौँ ७ (क), १० (ख), काभ्रेको २ (क) र चितवनको १ (ख) मा जितेको छ ।

नेमकीपाले भक्तपुर १ (ख)बाट आफ्नो विरासत जोगाउँदा हाम्रो नेपाली पार्टीले काठमाडौँ ८ (क)बाट प्रदेशसभामा इन्ट्रि गरेको छ ।

बागमतीमा खुम्चियो एमाले, कांग्रेस फाइदामा

गत २०७४ को निर्वाचनमा बागमती प्रदेशमा एमाले सबैभन्दा ठुलो दलको रूपमा रहेको थियो । उक्त निर्वाचनमा प्रत्यक्ष तर्फ नै ४२ सिटमा जित हात पारेको एमाले समानुपातिक सहित ५९ सांसदसहित स्पष्ट बहुमतमा रहेको थियो ।

तत्कालीन समयमा बाम एकता गरेर चुनाव लडेको एमाले र माओवादी केन्द्रले प्रत्यक्ष तर्फ ४२ र १७ सिट जित्दा कांग्रेस ७ सिटमा सीमित बनेको थियो । सो निर्वाचनमा कांग्रेसले काठमाडौँको ४ वटा क्षेत्र, मकवानपुर, रसुवा र सिन्धुलीको एक क्षेत्रमा मात्र जित्न सकेको थियो ।

यस पटको निर्वाचनमा भने एमाले खुम्चिएको छ । गत निर्वाचनमा एमालेले प्रत्यक्ष तर्फ १२ सिट मात्र जितेको छ ।

२०७४ मा बाम गठबन्धनमा रहेको अर्को दल माओवादी केन्द्रले २०७४ को निर्वाचनमा १५ स्थानमा जितेको थियो । यस निर्वाचनमा भने माओवादी केन्द्रले १४ वटा क्षेत्रमा जित निकालेको छ ।

२०७४ मा प्रत्यक्ष तर्फ एक सिट पनि जित्न नसकेको राप्रपा यस पटक भने जबरजस्त रूपमा अघि आएको छ । राप्रपाले यस पटक प्रत्यक्षमा मात्र ७ वटा सिट जितेको छ ।

एमाले विभाजन पछि बनेको एकीकृत समाजवादी पार्टीले बागमती प्रदेशको ५ वटा क्षेत्रमा जित निकालेको छ भने हाम्रो नेपाली पार्टी र नेमकिपाले १÷१ क्षेत्र जित निकालेको थियो ।

२०७४ मा बागमती प्रदेशसभामा नयाँ शक्ति नेपाल पार्टी र नेमकिपाको एक सांसदले प्रत्यक्ष तर्फ निर्वाचन जितेका थिए ।

यी हुन् बागमतीका ६४ निर्वाचित प्रदेश सांसदहरुः

 

काठमाडौँ–१ (क)

दीपेन्द्र श्रेष्ठ– नेपाली कांग्रेस–६३०० (विजयी)

नवीन शाही– राष्ट्रिय प्रजातन्त्र पार्टी–३५०४

काठमाडौँ–१ (ख)

सुरजचन्द्र लामिछाने– नेपाली कांग्रेस–४५१० (विजयी)

गणेशप्रसाद दुलाल– एमाले–२७५३

काठमाडौँ–२ (क)

सुनिल केसी– राष्ट्रिय प्रजातन्त्र पार्टी–६५९८ (विजयी)

सानुकुमार श्रेष्ठ– एमाले– ५०७९

काठमाडौँ–२ (ख)

राजु विष्ट– राष्ट्रिय प्रजातन्त्र पार्टी– १२१६३ (विजयी)

सुवर्ण श्रेष्ठ– एमाले– ९०९०

काठमाडौँ–३ (क)

छिरिङ दोर्जे लामा– नेपाली कांग्रेस– ४५५८ (विजयी)

चन्द्रमान लामा– एमाले– ३४१५

काठमाडौँ–३ (ख)

विमल ठकुरी– नेपाली कांग्रेस– १०६१७ (विजयी)

रामेश्वर फुयाँल– एमाले– ८२४७

काठमाडौँ–४ (क)

श्रीराम लामिछाने– नेपाली कांग्रेस– ७१२५ (विजयी)

रिद्धी प्रताप जंगबहादुर राणा–राष्ट्रिय प्रजातन्त्र पार्टी– ६६०४

काठमाडौँ–४ (ख)

जयराम थापा– एमाले– १०४१७ (विजयी)

कुसुमकुमार कार्की– एकीकृत समाजवादी– ८२८३

काठमाडौँ– ५ (क)

राजेन्द्र प्रजापति– राष्ट्रिय प्रजातन्त्र पार्टी– ४३०४

भैरव सापकोटा– नेपाली काँग्रेस– ३८८७

काठमाडौँ– ५ (ख)

श्याम बहादुर खड्का– नेपाली काँग्रेस– ९७४२

दीपक निरौला– एमाले– ८४१४

काठमाडौँ–६ (क)

हरिप्रभा खड्गी– नेपाली कांग्रेस– ४६५६ (विजयी)

निरेशलाल सिंह महर्जन– एमाले– ३९३६

काठमाडौँ–६ (ख)

अमनकुमार मास्के– एमाले– ८०५९ (विजयी)

विष्णुभक्त तिमिल्सिना– नेपाली कांग्रेस– ६६७१

काठमाडौँ–७ (क)

वसन्तप्रसाद मानन्धर– एकीकृत समाजवादी– ५८६६ (विजयी)

जीवन मानन्धर– एमाले– ४५५५

काठमाडौँ–७ (ख)

प्रकाश श्रेष्ठ– एमाले– ५२१८ (विजयी)

सविन तामाङ– नेपाली कांग्रेस– ५१३७

काठमाडौँ–८ (क)

शैलेन्द्र मान बज्राचार्य– हाम्रो नेपाली पार्टी– ५४७० (विजयी)

राजेश शाक्य– एमाले– ३७१८

काठमाडौँ– ८ (ख)

उद्धव थापा– राष्ट्रिय प्रजातन्त्र पार्टी– ३३४९

निमा घ्याम्छो तामाङ– एमाले– १९१६

काठमाडौँ–९ (क)

नुरज बज्राचार्य– राष्ट्रिय प्रजातन्त्र पार्टी– ४६५३ (विजयी)

हरि कृष्ण डंगोल– एमाले– ४५५२

काठमाडौँ–९ (ख)

केशव प्रसाद पोखरेल– एमाले– ८४५९

श्याम कृष्ण खड्का– नेपाली काँग्रेस– ७३४१

काठमाडौँ–१० (क)

पुकार महर्जन– नेपाली कांग्रेस– १००८२ (विजयी)

उमेश राज सापकोटा– राष्ट्रिय प्रजातन्त्र पार्टी– ७४००

काठमाडौँ– १० (ख)

रमा आले मगर– एकीकृत समाजवादी– ५८१८

रामशरण आलेमगर– एमाले– ५१८८

चितवन–१ (क)

जगनाथ थपलीया– एमाले– १७६८८ (विजयी)

किरण भुषण ओली– नेपाली कांग्रेस– १०७१२

चितवन–१ (ख)

कृष्णप्रसाद शर्मा खनाल– एकीकृत समाजवादी– १५५०७ (विजयी)

प्रकाश खनाल शैलेस– एमाले– १४७६८

चितवन–२ (क)

कृष्णप्रसाद सिलवाल– एमाले– १६५०० (विजयी)

घनश्याम दाहाल– माओवादी केन्द्र– १५२६०

चितवन–२ (ख)

उत्तम जोशी– नेपाली कांग्रेस– १३३०६ (विजयी)

देवीप्रसाद ज्ञवाली– एमाले– १२७४४

चितवन–३ (क)

गिरबहादुर तमाङ– राष्ट्रिय प्रजातन्त्र पार्टी– १७८१३ (विजयी)

सूर्यकान्त घिमिरे– नेपाली कांग्रेस– १४९५६

चितवन–२ (ख)

ठाकुर प्रसाद ढकाल– माओवादी केन्द्र– १५४६६

रिना गुरुङ– राष्ट्रिय प्रजातन्त्र पार्टी– १४६२०

भक्तपुर–१ (क)

सुरेश श्रेष्ठ– नेपाली कांग्रेस– ९४२४(विजयी)

मोहन विर श्रेष्ठ– एमाले– ८२०१

भक्तपुर–१ (ख)

सुरेन्द्रराज गोसाई– नेपाल मजदुर किसान पार्टी– २९७०४ (विजयी)

पवन भुजु– नेपाली कांग्रेस– ३१६१

भक्तपुर–२ (क)

किरण थापामगर– एमाले– १५२४२ (विजयी)

विष्णुराज कार्की– नेपाली कांग्रेस– ११९३५

भक्तपुर–२ (ख)

राजेन्द्रमान श्रेष्ठ– एकीकृत समाजवादी– ८३४० (विजयी)

चन्दनकृष्ण श्रेष्ठ–  एमाले– ८०३१

रसुवा–१ (क)

प्रभात तामाङ– नेपाली कांग्रेस– ८१८६ (विजयी)

कुलप्रसाद भट्ट– एमाले– ४७७२

रसुवा–१ (ख)

ईन्द्रप्रसाद गोतामे– माओवादी केन्द्र– ८५३३ (विजयी)

तेम्व्रेल तामाङ– एमाले– ४८८४

नुवाकोट– १ (क)

राधिका तामाङ– माओवादी केन्द्र– १६१६९

सुशील कुमार खड्का– एमाले– ११३५०

नुवाकोट–१ (ख)

रमेशकुमार महत– नेपाली कांग्रेस– १३७२७ (विजयी)

पूर्ण लाल श्रेष्ठ– एमाले– ११८३१

नुवाकोट–२ (क)

रामप्रसाद ढुङाना– माओवादी केन्द्र– १२११० (विजयी)

केशव राज पाण्डे– एमाले– ११६६२

नुवाकोट– २ (ख)

बहादुर सिहं लामा (तामाङ)– नेपाली काँग्रेस– १७२४९

विजयसिँह लामा तामाङ– एमाले– ९१२४

रामेछाप–१ (क)

तारानारायण श्रेष्ठ– माओवादी केन्द्र– १७१४८ (विजयी)

शान्तिप्रसाद पौडेल– एमाले– १५१५७

रामेछाप–१ (ख)

युवराज चौलागाई– माओवादी केन्द्र– २२९७९ (विजयी)

मिलन कुमार घिसिङ– एमाले– १८२०५

मकवानपुर–१ (क)

प्रेमबहादुर पुलामी– माओवादी केन्द्र– १९७१७ (विजयी)

कमलबहादुर विष्ट– एमाले– १५४३३

मकवानपुर–१ (ख)

एकलाल श्रेष्ठ– एमाले– १४२२५ (विजयी)

आनन्द राम पराजुली– नेपाली कांग्रेस– १३३५६

मकवानपुर–२ (क)

कुमारी मुक्तान– माओवादी केन्द्र– १९८७३ (विजयी)

विष्णुप्रसाद ढकाल– एमाले– १९५५१

मकवानपुर–२ (ख)

ईन्द्रबहादुर बानियाँ– नेपाली कांग्रेस– १८७१७ (विजयी)

लालबहादुर थापा– एमाले– १६९३५

धादिङ–१ (क)

मदुकुमार श्रेष्ठ– नेपाली कांग्रेस– १७८३२ (विजयी)

रमेशकुमार आचार्य– एमाले– १६५३८

धादिङ–१ (ख)

शालिकराम जम्कट्टेल– माओवादी केन्द्र– १९९०३ (विजयी)

गजेन्द्रप्रसाद थपलिया– एमाले– १२४७८

धादिङ–२ (क)

गोविन्द लम्साल– नेपाली कांग्रेस– १९४१९ (विजयी)

रामकुमार अधिकारी– एमाले– १६४२२

धादिङ–२ (ख)

डम्बर तामाङ– राष्ट्रिय प्रजातन्त्र पार्टी– १४४८१ (विजयी)

जगतबहादुर सिंखडा– माओवादी केन्द्र– १४३५०

सिन्धुपाल्चोक–१ (क)

मसिना खड्का– नेपाली कांग्रेस– १४६५२ (विजयी)

युद्धविक्रम तामाङ– एमाले– १३४९०

सिन्धुपाल्चोक–१ (ख)

सरल सहयात्री पौडेल– माओवादी केन्द्र– १७२५६ (विजयी)

होमनारायण श्रेष्ठ– एमाले– १३०१३

सिन्धुपाल्चोक–२ (क)

युवराज दुलाल शरद– माओवादी केन्द्र– २०९०६ (विजयी)

अमानसिं तामाङ– एमाले– १२१३९

सिन्धुपाल्चोक–२ (ख)

कृष्णकुमार तामाङ– नेपाली कांग्रेस– १७७५८ (विजयी)

हस्तबहादुर पण्डित (क्षेत्री)– एमाले– १६२५३

काभ्रे–१ (क)

रत्नप्रसाद ढकाल– माओवादी केन्द्र– २०७२० (विजयी)

दिलबहादुर तामाङ– एमाले– ११२७८

काभ्रे–१ (ख)

तिर्थबहादुर लामा– नेपाली कांग्रेस– १९२८० (विजयी)

चन्द्र बहादुर लामा– एमाले– १९२७७

काभ्रे–२ (क)

लक्ष्मण लम्साल– एकीकृत समाजवादी– १९४०८ (विजयी)

कुमारप्रसाद खकुरेल– एमाले– १९२२०

काभ्रे–२ (ख)

कन्चन चन्द्र वादे– नेपाली कांग्रेस– २६०३५ (विजयी)

कुमार थापा– एमाले– २१९५७

सिन्धु्ली–१ (क)

मातृकाप्रसाद भट्टराई– माओवादी केन्द्र– १५८५३ (विजयी)

सुवास राज देवकोटा– एमाले– १२५३३

सिन्धु्ली–१ (ख)

रामकुमार पहाडी– नेपाली कांग्रेस– १५६२१ (विजयी)

कुमारबहादुर कार्की– एमाले– १३३९९

सिन्धु्ली–२ (क)

छेत्रबहादुर बम्जन– नेपाली कांग्रेस– १६८३५ (विजयी)

विनोदकुमार खड्का– एमाले– ११६८१

सिन्धु्ली–२ (ख)

गंगानारायण श्रेष्ठ– माओवादी केन्द्र– १३००१ (विजयी)

रामकुमार पौडेल– एमाले– ९७८९

ललितपुर–१ (क)

मधुसुदन पौडेल– एमाले– ११२९९ (विजयी)

हरि दाहाल– माओवादी केन्द्र– ८६५६

ललितपुर–१ (ख)

मीनकृष्ण महर्जन– नेपाली कांग्रेस– १३३७८ (विजयी)

चेतनाथ संजेल– एमाले– ९१६४

ललितपुर–२ (क)

रामेश्वर श्रेष्ठ– एमाले– ८२९८ (विजयी)

धनराम के.सी.– राष्ट्रिय प्रजातन्त्र पार्टी– ६८५१

ललितपुर–२ (ख)

रामकृष्ण चित्रकार– नेपाली कांग्रेस– ६९९५ (विजयी)

ज्ञानेन्द्र शाक्य– एमाले– ६८३२

ललितपुर–३ (क)

रघुनाथ महर्जन– एमाले– ९७६६ (विजयी)

राज काजी महर्जन– माओवादी केन्द्र– ९०८०

ललितपुर–३ (ख)

प्रेम भक्त महर्जन– एमाले– ९०५८ (विजयी)

जितेन्द्र कुमार श्रेष्ठ– नेपाली काँग्रेस– ८०३० 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप