लगानीयोग्य रकम अभावको बहानामा बैंकहरूको मनोमानी
लगानीयोग्य रकम अभावको बहानामा वाणिज्य बैंकहरूले आधार र प्रिमियम दरमा मनोमानी गरेको उद्योगी व्यापारीले आरोप लगाएका छन् । बैंक र ऋणीबीच ऋण सम्झौता हुँदा ऋणमा लागू हुने बेसरेट र प्रिमियम दर तोकिए पनि अहिले तरलता अभावको बहानामा मनोमानी ढंगबाट बढाउने काम गरेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए ।
बैंकहरूको मनोमानीमा नियामक निकाय नेपाल राष्ट्र बैंक रमितेमात्र बनेको उद्यमीको आरोप छ । राष्ट्र बैंकले सम्झौता अवधिभर प्रिमियम बढाउन नपाउने भन्दै बढाएर असुल गरेको प्रिमियमबापतको रकम फिर्ता गर्न बैंकहरूलाई निर्देशन दिए पनि अधिकांश बैंकले अटेर गरेको संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालको भनाइ छ । बैंकहरूको अटेरीमा राष्ट्र बैंकले कुनै प्रभावकारी कदम चाल्न नसकेको भन्दै उनले आक्रोश पोखे । 'बैंकहरूको बेसरेट ३/३ महिनामा पुनरावलोकन हुन्छ । प्रिमियम दर भने सम्झौता अवधिसम्मका लागि एउटै हुन्छ । बैंकहरूले अन्यायपूर्ण तरीकाले प्रिमियम बढाएका छन्,' अग्रवालले भने । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा