उदयपुरमा चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय उदयपुरले चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–६ जलजले बजारका कुमार कार्कीको घर बाहिर पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्दै गर्दा उनीहरू पक्राउ परेका हुन् ।
चोरीको मोटरसाइकल डोर्‍याउँदै लैजान लागेको अवस्थामा इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले रामेछाप मन्थली नगरपालिका-१ का २७ वर्षीय विक्रान्त थापा मगरलाई पक्राउ गरेको हो । प्र ३–०२–००१ प २०७५ नम्बरको मोटरसाइकलसहित थापा मगरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । थापालाई सोधपुछ गर्ने क्रममा सो मोटरसाइकल चोरीको रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–१ का २७ वर्षीय थापा मगर, ललितपुर गोदाबारी नगरपालिका-३ का २७ वर्षीय सुमन बिष्ट र त्रियुगा नगरपालिका-१६ का ३१ वर्षीय बिर्ख तामाङ रहेका छन् ।
चोरी घट्नामा संलग्न रहेका बिष्ट र तामाङलाई प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरी टोलीले सुकौरा बजारमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई अनुसन्धान गर्ने क्रममा चोरीको मोटरसाइकल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–९ आरुबोटका कृष्णबहादुर घलेको रहेको खुलेको छ ।
चोरीको मोटरसाइकल र नियन्त्रण लिइएका मानिस समेतलाई घट्नास्थल प्रहरी वृत्त सातदोबाटो ललितपुर भएकोले आवश्यक कारबाहीका लागी प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु