पहिलो हाफमा क्यानडामाथि क्रोएसियाको अग्रता
आइतबार, ११ मङ्सिर २०७९, ०६ : ३९
विश्वकप फुटबलको दोस्रो खेलमा क्रोएसियाले क्यानडामाथि पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको छ । कालिफा अन्तर्राष्ट्रिय स्टेडियममा भइरहेको खेलमा क्यानडाले सुरुवाती अग्रता बनाएको थियो ।
क्यानडाका लागि खेलको दोस्रो मिनेटमा अल्फोन्सो डाभिसले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ३६ औं मिनेटमा आन्द्रेज रामारिकले गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याए ।
खेलको ४४ औं मिनेटमा मार्को लाभाजले गोल गर्दै क्रोएसियालाई २–१ गोलको अग्रता दिलाए । आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू