आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

भीषण पहिरोपछि इटालीमा आपतकाल घोषणा

आइतबार, ११ मङ्सिर २०७९, २२ : ३८
आइतबार, ११ मङ्सिर २०७९

इटालीको सरकारले इस्चियाको दक्षिणी टापुमा पहिरोमा परी कम्तीमा एक जनाको मृत्यु भएको र दर्जनौं बेपत्ता भएपछि आइतबार आपत्काल घोषणा गरेको छ। माटो र भग्नावशेषको छालले शनिबार बिहान सबेरै देशको सानो शहर कासामिचियोला टर्मेमा एउटा घर र थुप्रै कारहरूलाई बगाएको स्थानीय  सञ्चार माध्यमले जनाएका छन् । 

नागरिक सुरक्षा मन्त्री नेलो मुसुमेसीले जनाएअनुसार आपतकालीन मन्त्रिपरिषद बैठकको २० लाख युरो राहत कोषको घोषणा गर्दै आपतकालीन अवस्था घोषणा गरेको छ ।  दुईसय भन्दा बढी उद्धारकर्ताहरू अझै एक दर्जन बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा संलग्न छन् भने सयौं स्वयंसेवकहरू सडक सफा गर्न व्यस्त देखिन्छन् । 

इटालियन समाचार एजेन्सी एजीआईका अनुसार उद्धारकर्ताहरूले ३१ वर्षीया महिलाको शव फेला पारेका  छन् । ४५ वर्षीय साल्भाटोर लोरिनीले पहिरोले त्रासदी ल्याएको बताएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप