राजनीतिमा पराजित भएको छैन : हृदयेश त्रिपाठी
आइतबार, ११ मङ्सिर २०७९, २२ : २८

जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले आफू निर्वाचनमा पराजित भए पनि राजनीतिमा पराजित नभएको प्रतिक्रिया दिएका छन् । उनले सहयात्री दल नेकपा (एमाले) को नेतृत्व पङ्क्तिबाट निर्वाचनमा आफूलाई असहयोग भएको आरोप लगाए ।
त्रिपाठी एमालेको समर्थनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम–१) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका थिए । उनलाई नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले पराजित गरेका हुन् । नेता त्रिपाठीले आज परासीमा पत्रकार सम्मेलन गर्दै निर्वाचनमा हारे पनि जनताको सेवा र प्राप्त उपलब्धिको रक्षा गर्न आफू सदैव सक्रिय रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमार र थाइल्याण्डपछि अफगानिस्तानमा लगातार भूकम्प
-
पूर्वराजाका समर्थकले गरेको तोडफोड अनुगमनमा निस्कँदै गृहमन्त्री
-
गणतन्त्रवादी र राजावादीको प्रदर्शनलाई तुलना गर्दै एमाले महासचिवले भने–असलियत उदांगिएको छ
-
१५ तस्बिरमा म्यानमारको विनाशकारी भूकम्प
-
प्रदर्शनका नाममा गरिएको हिंसात्मक गतिविधिको इन्सेकद्वारा भर्त्सना
-
म्यानमार भूकम्प : मृत्यु हुनेको संख्या १४४ पुग्यो, उद्धार जारी