शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली पात्रोको अद्भूत रेडियो– रेडियो पनि समाचार पनि

आइतबार, ११ मङ्सिर २०७९, २१ : ५५
आइतबार, ११ मङ्सिर २०७९

नेपाली पात्रोले ‘अद्भूत रेडियो– रेडियो पनि अनलाइन समाचार पनि‘ भन्ने थिममा आईओएस तथा एन्ड्रोएड दुवै माध्ययमहरुमा नयाँ अपडेट सार्वजनिक गरेको छ । यसमा रेडियोका स्रोताहरुले नेपाली पात्रोमा रहेको आफूलाई मनपर्ने रेडियोलाई सुन्दा त्यही त्यस रेडियोको आधिकारिक अनलाइन समाचारका हेडलाइनहरु पनि पढ्न पाउनेछन् । ती समाचारहरूलाई विभिन्न सामाजिक सञ्जालहरुमा सेयर गर्न पनि मिल्छ ।

सातवटै प्रदेशका लोकप्रिय स्थानीय एफएम रेडियोहरुले अनलाइन भर्जनमा समेट्ने पलपलको खबर, अपडेटेड र ब्रेकिङ समाचारहरू सोही रेडियोको पेजमा पढ्न सकिनेछ । प्रयोगकर्ताले नेपाली पात्रो लगइन गरी आफूलाई मनपरेको रेडियोलाई फेब गर्ने, विभिन्न सामाजिक सञ्जालमा सेयर गर्ने, उक्त रेडियो कतिजनाले सुने र कति वटा लाइक भयो भन्ने कुराहरु देख्न सकिनेछ । साथै रेडियो सुन्ने प्रयोगकर्ताहरुले नेपाली पात्रो लग(इन गरी आफूले सुन्ने रेडियोमा आफ्नो विचार सम्प्रेशन समेत गर्न सक्नेछन् । त्यसरी सम्प्रेशन गरिएका विचारहरुमा अन्य प्रयोगकर्ताले प्रतिक्रिया समेत दिन सक्नेछन् ।

नेपाली पात्रोमा धेरै सुनिने ट्रेण्डिङमा रहेका रेडियोहरु, प्रदेश अनुसारका रेडियोहरु, फ्रिक्वेन्सी सहितका रेडियोहरु र प्रिक्वेन्सी नभएका तर अनलाइन माध्ययममा रहेका लोकप्रिय अनलाइन रेडियोहरु पनि एप्लिकेशनको माथिल्लो ट्याबहरुमा समेटिएका छन् ।

यस सुविधाले प्रयोगकर्तालाई फ्रिक्वेन्सी रेडियो र अनलाइन रेडियो मध्ये जुन माध्ययमको रेडियो सुन्न मन लाग्छ सोहि अनुसारको ट्याबलाई सेलेक्ट गरी आफूलाई मनपर्ने रेडियो सुन्न र खोज्न सजिलो बनाएको नेपाली पात्रोका प्रमुख कार्यकारी निर्देशक सन्तोष कुमार देवकोटाले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप