मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

संसारकै सबैभन्दा महंगो औषधि : एक डोजको पर्छ ४५ करोड बढी, केको उपचारमा हुन्छ प्रयोग ?

आइतबार, ११ मङ्सिर २०७९, २१ : १०
आइतबार, ११ मङ्सिर २०७९

अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले हालै विश्वको सबैभन्दा महंगो औषधिलाई स्वीकृत गरेको छ । ‘हेमजेनिक्स’ नामको यो औषधिको एक डोजको मूल्य ३५ लाख डलर अर्थात ४५ करोड नेरुभन्दा बढी रूपैयाँ पर्छ । यो हेमोफिलिया–बीका बिरामीहरूको उपचारमा प्रयोग हुनेछ ।

हेमोफिलिया रोग के हो ?

हेमोफिलिया एक आनुवंशिक रोग हो, जसका विभिन्न प्रकारहरू पाइएका छन्, तर यीमध्ये हेमोफिलिया बी एकदम दुर्लभ हुन्छ । यसमा व्यक्तिको रगत जमाउने प्रोटिनको कमी हुन्छ ।

‘क्लोटिंग फ्याक्टर’ पनि भनिने यो प्रोटिनको कमी हुने यसका रोगीलाई सानो चोट लागेमा रगत निरन्तर बगिरहन्छ । अत्याधिक रक्तस्रावका कारण मानिसको ज्यान समेत जान सक्छ । हेमोफिलिया भएपछि मुख्य समस्या नै रगत नजम्ने हुन्छ । 

नयाँ औषधिको एक डोजले दिन्छ राहत 

एफडीएका अनुसार हेम्जेनिक्स औषधि हेमोफिलिया–बीका बिरामीका लागि निकै प्रभावकारी साबित हुनेछ । यो महंगो हुनसक्छ, तर एक डोज हेमजेनिक्सको मूल्य अमेरिकामा हेमोफिलिया भएका बिरामीले जीवनभरको उपचारको लागि खर्चने २.१ देखि २.३ करोड डलरभन्दा निक्कै कम हो । बेलायतजस्ता देशमा यसको उपचार केही सस्तो छ ।

तथापि, एफडीएले यो रोगबाट बच्न औषधिको कति डोज सक्षम हुनेछ भन्ने जानकारी दिएको छैन । तर, जानकारका अनुसार यो औषधिको एक डोज धेरै वर्षसम्म रगत बग्न रोक्छ र रगत जमाउन सुरु गर्छ । 

हाल हेमोफिलियाको उपचार कसरी गरिँदै आएको छ ?

अहिले हेमोफिलिया भएका बिरामीले आफ्नो रगत जमाउने क्लटिङ फ्याक्टर बदल्नुपर्छ । सामान्यतयाः यो उपचार सबै ठाउँमा उपलब्ध छ । यस प्रक्रियामा, क्लटिंग फ्याक्टर बिरामीको नसामा इन्जेक्सनमार्फत हालिन्छ । यो उपचार जीवनभर निरन्तर गर्नुपर्छ । यसका साथै चिकित्सकको सल्लाह लिएर अत्याधिक रक्तश्राव हुनबाट बच्न वा रोक्न पनि सावधानी अपनाइन्छ ।

हाल आएको नयाँ औषधिले हेमोफिलिया भएका बिरामीहरूमा धेरै वर्षसम्म रक्तस्राव कम गर्नेछ र रगत जम्न मद्दत गर्नेछ ।

हेमोफिलियाबाट पुरुष बढी पीडित हुन्छन् 

एफडीएका अनुसार, हेमोफिलियाले प्रत्येक ४० हजार मानिसमा एक जनालाई असर गर्छ, अर्थात् विश्वको १५ प्रतिशत मानिसहरूलाई यसबाट पीडित छन् । यो समस्या महिलालाई भन्दा पुरुषमा बढि देखिन्छ । एक अनुमान अनुसार अमेरिकामा करिब ८ हजार पुरुष यो रोगको सिकार भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप