मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याजदर घटाउन स्प्रेड घटायो राष्ट्र बैंकले, बैंकको नाफा घट्ने

आइतबार, ११ मङ्सिर २०७९, २० : ४३
आइतबार, ११ मङ्सिर २०७९

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर बढ्न नदिने र बैंक तथा वित्तीय संस्थाहरूको नाफा घटाउने रणनीति अख्तियार गरेको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो नीति अख्तियार गर्न लागेको संकेत गरेको छ । आगामी दिनमा बजारमा तरलता कम नहुने गरी व्यवस्थापन गरिने राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले जानकारी दिए ।

यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको नाफा कम गर्ने गरी ब्याज अन्तर (स्प्रेडदर) घटाउने भएको छ । नयाँ व्यवस्था अनुसार वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गर्न लागेको छ ।

यसबाट बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा राष्ट्र बैंकको छ । प्रिमियम सम्बन्धी व्यवस्थाको नियमित अनुगमन समेत गरिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप