शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इलाम-१ (१) मा लिम्बु र (२) मा राई निर्वाचित

आइतबार, ११ मङ्सिर २०७९, २० : १०
आइतबार, ११ मङ्सिर २०७९

इलाम क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (एकिकृत समाजवादी)का खिनु लङ्वा लिम्बु र प्रदेशसभा २ मा नेपाली कांग्रेसका शमशेर राई निर्वाचित भएका छन् । 

प्रदेशसभा १ मा लङ्वाले १३ हजार तीन सय ७० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का शोभा पराजुलीले ११ हजार तीन सय ९४ मत प्राप्त गरेका छन् । 

लङ्वा प्रदेश नं १ सरकारमा संस्कृति तथा पर्यटनमन्त्री हुन् । एमालेका पराजुली सन्दकपुर गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ मा कांग्रेसका राईले १२ हजार ७७४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी एमालेका दीपककुमार थेवेले १२ हजार १३३ मत प्राप्त गरे । 

विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा राई रोङ गाउँपालिका अध्यक्ष तथा थेवे माइ नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप