मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ठूलो आवाज निकाल्ने २९ मोटरसाइकल चालक नियन्त्रणमा

आइतबार, ११ मङ्सिर २०७९, २० : ०४
आइतबार, ११ मङ्सिर २०७९

ट्राफिक प्रहरीले ठूलो आवाज निकाल्ने २९ मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले सडकमा ठूलो आवाज निकालेर मोटरसाइकल चलाउनेलाई नियन्त्रणमा लिएको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले काठमाडौँका सडकमा ठूलो आवाज निकालेर ध्वनि प्रदूषण गर्ने २९ मोटरसाइकललाई नियन्त्रणमा लिएर वातावरण विभाग पठाइएको र सो विभागले १२ मोटरसाइकललाई रु १० हजारका दरले जरिवाना गरेको जानकारी दिए ।

वातावरण विभागले परीक्षण गर्दा मापदण्डभन्दा बढी आवाज निकालेको पाइएकाले जरिवाना गरेको हो । बाँकी १७ वटा मोटरसाइकल सम्बन्धमा सोही विभागले अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए । ठूलो आवाज निकालेर सवारीसाधन चलाउँदा ध्वनि प्रदूषण हुनाका साथै मानवीय स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले  त्यस्ता सवारीसाधन नचलाउन ट्राफिक प्रहरीले चालकलाई अनुरोधसमेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप