पत्रकारलाई ‘साइबर क्राइम’को मुद्दा चलाएकोमा फोनिजको आपत्ति
![पत्रकारलाई ‘साइबर क्राइम’को मुद्दा चलाएकोमा फोनिजको आपत्ति](https://rpcdn.ratopati.com/media/albums/fonij_0ioDYSKcws.jpg)
उदयपुर जिल्लामा रहेर पत्रकारिता गर्दै आएका गजेन्द्र राईलाई समाचार लेखेको विषयलाई लिएर नेपाल प्रहरीले पक्राउ गरी ‘साइबर क्राइम’को मुद्दा चलाएकोप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आपत्ति जनाएको छ ।
समाचार र समाचारसँग जोडिएका विषयसँग सम्बन्ध राख्ने विषय हेर्ने निकाय प्रेस काउन्सिल नेपाल हुँदाहुँदै प्रहरीले समाचार लेखेकै विषयमा पत्रकार राईलाई पक्राउ गरी सम्बन्ध नै नराख्ने ‘साइबर क्राइम’मा मुद्दा चलाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको फोनिजको ठहर छ ।
यस कदमको घोर भर्त्सना गर्दै फोनिजले पत्रकार राईमाथिको मुद्दा नितान्त समाचार लेखेकै आधारमा भएको हुँदा सम्बन्ध नरहने ‘साइबर क्राइम’को मुद्दा अविलम्ब फिर्ता लिई प्रेस जगतको अनुगमन गर्न राज्यले स्थापना गरेको आधिकारिक निकाय प्रेस काउन्लि नेपालमार्फत निरुपणका लागि सरोकारवाला निकायसँग माग गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोल–टोलमा पुग्न ‘वडा केन्द्रित अभियान’ गर्ने तयारीमा एमाले
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्र प्रवेश, पाँच कम्पनीसँग सम्झौता
-
वर्षा बस्नेत बनिन् टीभीएस मोटोसोलमा १२५ सीसी स्कुटर डर्ट रेसकी विजेता
-
ललितपुर महानगरपालिकाले मनायो स्थापना दिवस, तस्बिरहरू
-
‘फौजी’को सेटमा घाइते भए प्रभास
-
पाकिस्तानलाई हराएपछि उत्साही नेपालले बलियो भारतलाई दियो ९५ रनको लक्ष्य