शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल सम्मानित

आइतबार, ११ मङ्सिर २०७९, १९ : ०७
आइतबार, ११ मङ्सिर २०७९

प्रभु क्यापिटल आर्थिक वर्ष २०७७/७८ मा सेवा क्षेत्रमामध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । एघारौं राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व विभाग तथा सो अन्तरगतका कार्यालयहरुले आर्थिक वर्ष २०७७/७८ मा विभिन्न विधामा अधिकतम कर योगदान पु¥याउने करदाता संस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ ।

से कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय पुतलीसडकले आफ्नो कार्यसेवाबाट सबैभन्दा बढी कर दाखिला गर्नेलाई गरेको सम्मानमा सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटलले कदर स्वरुप सम्मानपत्र प्राप्त गरेको हो । उक्त आर्थिक वर्ष २०७७/७८ मा प्रभु क्यापिटलले १२ करोड कर तिरेको थियो । 

राष्ट्रिय कर दिवसको अवसरमा पुतलीसडक आन्तरिक राजस्व कार्यालयले आयोजना गरेको कार्यक्रममा कार्यालयका प्रमुख कर अधिकृत गजेन्द्र प्रसाद यादवले क्यापिटललाई सम्मान गरेका हुन् । क्यापिटलको तर्फबाट वित्त विभागका ईन्चार्ज रोशन केसीले सो सम्मानपत्र ग्रहण गरेका थिए ।

नेपालमा आर्थिक वर्ष २०७७/७८ मा रहेको कोभिडको दोस्रो लहरका बाबजुद वित्तीय तथा सेवा क्षेत्रमा कार्य गर्ने निजी तथा सार्वजनिक कम्पनीहरुले उल्लेखनीय कर योगदान गरेका छन् ।

नेपाली पूँजी बजारमा सेवा क्षेत्रमा मर्चेन्ट बैंकरको रुपमा कार्य गरिरहेको प्रभु क्यापिटल लिमिटेड सबैभन्दा बढी चुक्तापूँजी भएको मर्चेन्ट कम्पनी हो । जसले समयानुसारकोे प्रविधि अपनाई आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ । त्यस्तै नेपाली पूँजी बजारमा भिडियो ग्राहक पहिचान (केवाईसी) मार्फत अनलाईन डिम्याट खाता तत्काल खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट कम्पनी हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप