मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सात दिनमा ४ अर्बले बढ्यो बैंकिङ निक्षेप

आइतबार, ११ मङ्सिर २०७९, १७ : ५९
आइतबार, ११ मङ्सिर २०७९

गएको साता दिनमा बैंकहरुमा ४ अर्बले निक्षेप बढेको छ । नेपाल बैंकर्स संघले दिएको रिपोर्ट अनुसार मंसिर २ गतेदेखि मंसिर ९ गतेसम्ममा २६ वटा वाणिज्य बैंकहरुले ४ अर्ब रुपैयाँले निक्षेप बढाउँदै कुल ४५ खर्ब ६२ अर्ब रूपैयाँ पुर्याएका छन् । 

यस्तो निक्षेप अघिल्लो हप्ता अर्थात् मंसिर २ गतेसम्ममा बैंकहरुले ४५ खर्ब ५८ अर्ब रूपैयाँ संकलन गरेका थिए ।  यस्तै समीक्षा अवधिमा बैंकहरुले तीन अर्बले कर्जा लगानी बढाएको संघको रिपोर्टले देखाएको छ । मंसिर २ गतेसम्म ४२ खर्ब १९ अर्ब लगानी गरेकामा बैंकहरुले मंसिर ९ गतेसम्म अर्थात् साता दिनमा ३ अर्ब रूपैयाँले कर्जा विस्तार गर्दै ४२ खर्ब २२ अर्ब लगानी गरेका छन् ।

समग्रमा कात्तिक मसान्तको तुलनामा मंसिर लागेपछि बैंकहरुले १ अर्ब रूपैयाँले निक्षेप गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप