बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘बडे मियाँ छोटे मियाँ’ मा अक्षयको जोडी मानुषी

आइतबार, ११ मङ्सिर २०७९, १७ : ४२
आइतबार, ११ मङ्सिर २०७९

अभिनेता अक्षयकुमार र अभिनेत्री तथा पूर्व मिस वर्ल्ड मानुषी छिल्लर फेरि एकसाथ फिल्ममा देखिने भएका छन् । अक्षय र टाइगर श्राफको मुख्य भूमिका रहने फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा अभिनेत्रीको रुपमा छिल्लर फाइनल भएकी हुन् ।

केही अगाडि फिल्मको मुख्य भूमिकामा अक्षय र टाइगर फाइनल भएपनि अभिनेत्रीको औपचारिक घोषणा भने बाँकी थियो । निर्माण युनिटले अहिले अभिनेत्रीको रुपमा मानुषीको नाम बाहिर ल्याएको हो । फिल्मको मुख्य भूमिकामा जान्हवी कपूर पनि चर्चा छ । रिपोर्टका अनुसार फिल्ममा ३ नायिका रहनेछन् । तीमध्ये छिल्लर एक हुन् ।

छिल्लरले अक्षयकुमारको फिल्म ‘सम्राट पृथ्वीराज’ बाट फिल्म डेब्यु गरेकी हुन् । मानुषीको यो दोस्रो फिल्म हुनेछ । फिल्मका निर्देशक अली अब्बास जफर हुन् । फिल्म अर्का वर्ष डिसेम्बर (२०२३) मा रिलिज हुनेछ । –दैनिक भास्कर  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप