अमेरिकन चेम्बर अफ कमर्स नेपालको पहिलो वार्षिक साधारण सभा सम्पन्न
अमेरिकन चेम्बर अफ कमर्स नेपालले गतहप्ता काठमाडौंमा आफ्नो पहिलो वार्षिक साधारण सभाआयोजना गरेको छ । चेम्बरका अध्यक्ष अजित शाहको नेतृत्वमा भएको उक्त बैठकमा मेटलाइफका निर्मलकाजी श्रेष्ठ, जीओ अटोमोबाइल्सका आकाश गोल्छा, पठाओका असिममान सिंह बस्न्यात, अम्बरकार सफ्टवेयरबाट अतुल्य रिसाल, आईसीटीसी होल्डिङ्सबाट जयदिन श्रेष्ठ, लीपफ्रग टेक्नोलोजीबाट कैलाश विजयानन्द र चेम्बर्सबाट सेमन्त दाहाल लगायतका सदस्यहरुको सहभागिता रहेको थियो ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष अजित शाहले भने, ‘हाम्रो अद्वितीय शक्ति हाम्रा बलियो सदस्यकम्पनीहरू, एमच्याम च्याप्टर्सको हाम्रो अन्तर्राष्ट्रिय क्षेत्रीय सञ्जाल, युएस चेम्बर अफकमर्स र नेपालस्थित अमेरिकीदूतावासको सहकार्यबाट आएको हो।’ सभामा यी तीन समितिका विकास सम्बन्धित जानकारी समितिका सदस्यहरूले प्रस्तुत गरेका थिए जसलाई बोर्डले वार्षिक समीक्षा र वित्तीयविवरणसहित अनुमोदन गरेका थिए ।
साथसाथै सञ्चालक समितिका अध्यक्ष र सदस्यहरू अर्को साधारण सभा सम्मका लागिपुनःनिर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद