दोलखाका विवादित स्थलमा फेरि मतदान गर्न मिति तोक्दै आयोग
निर्वाचन आयोगले दोलखाका विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने मिति तोक्ने भएको छ । आइतबार साँझ बैठक बसेर आयोगले यसबारे निर्णय गर्न लागेको हो । दोलखामा आयोगले पठाएको छानविन टोलीको प्रतिवेदन आयोगमा आइपुगेकोले त्यसको अध्ययन गरेर पुनः मतदान गराउनुपर्ने अवस्था रहेमा त्यसबारे निर्णय गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रातोपाटीलाई जानकारी दिए ।
गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका दिन दोलखाका केही मतदान केन्द्र विवादित बनेको थियो । बुथ कब्जा भएको भन्दै नेकपा एमालेले आयोगमा उजुरी गरेपछि आयोगले पठाएको जाँचबुझ टोलीले ६ वटा केन्द्रमा पुनः मतदान गर्न सिफारिस गरेको आयोग स्रोतको भनाई छ ।
दोलखाका कालिन्चोक गाउँपालिका वडा नम्बर १ को मतदान केन्द्रमा ९० प्रतिशत मतदान भएको, वैत्यश्वर गाउँपालिका वडा नम्बर १ को कालीढुङ्गा मतदान केन्द्रमा ९० प्रतिशतमाथि मत खसेको, वैत्यश्वर ६ को मतदान केन्द्रमा मतपेटिका चोरिएको, मतपेटिकामा पानी परेको र मतपत्र छरिएको अवस्थामा रहेको पाइएको थियो ।
यता बाजुरा र स्याङ्जामा आयोगले पठाएको जाँचबुझ टोलीले भने प्रतिवेदन बुझाइसकेको छैन । निर्वाचनमा धाँधली भएको भन्दै ३ जिल्लाको मतगणना कार्य समेत स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो